Above Article Ad
  • पुनर्वासमा बाह्रौ रनिङ्ग चाँदी कप फुटबलको उद्घाटन

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-७, च-गाउँ स्थित शिदार्थ युवा क्लबले बाह्रौ रनिङ्ग चाँदी कप फुटबलको आयोजना गरेको छ ।

    शनिबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै बाह्रौ रनिङ्ग चाँदी कप फुटबलको उद्घाटन गरिएको हो ।

    Article inline ad #1
  • नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीलाई लक्षित गरी विकास, अनुशासन र गतिशिलता भन्ने मुलनारा सहित सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

    Article inline ad #2

    प्रमुख अतिथीको आसनबाट बोल्नुहुदै नगर प्रमुख शर्माले खेल खेलाउदा सामान्य आउने विवादलाई तत्कालै समाधान गरी जानुपर्ने बताउनुभयो ।

    जित्नकै लागि मात्रै नभई खेलाडीहरुले राम्रो प्रतिभाका साथ खेल प्रदर्शन गर्न सके मात्रै सार्थकता हुने उहाँको भनाई थियो।

    त्यस्तै कार्यक्रममा सहभागी अधिकाँश अतिथीहरुले खेल जित्नकै लागि भन्दा पनि यसलाई अनुशासित र मर्यादित बनाउदै लैजान सके मात्रै खेल खेलाउनुको औचित्य हुने बताउनुभएको थियो । उहाँहरुले स्थानीय स्तरमै खेलाडीको प्रतिभा नरहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्म पनि प्रतियोगी बन्ने लक्ष्यका साथ अघि बढ्न अनुरोध गर्नुभएको थियो ।

     

    नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा क्लबका अध्यक्ष विरबहादुर तामाङको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन शिक्षक मानबहादुर तामाङले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button