Above Article Ad
  • धनगढीको नोभा हस्पिटलद्वारा बेलौरीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर, २ सय बढिले लिए सेवा

    Above Article Content Ad
  • बेलौरी –कैलालीको धनगढी स्थित नोभा हस्पिटलद्वारा बेलौरीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
    शनिबार बेलौरी नगरपालिकाको वडा नं. २ मा नोभा अस्पताल प्रा.लि. धनगढीको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

    शिविरबाट १ सय ४४ पुरुष र ५५ जना महिला गरी २ सय ९ जना स्थानीयहरुले स्वास्थ्य सेवा लिएका थिए ।
    शिविरको उद्घाटन गर्दै बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले यस्ता कार्यक्रमले आर्थिक अवस्थाका कारण स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीयहरुलाई निकै ठुलो सहयोग पुगेको बताए ।
    उनले समय समयमा यस्ता शिविरलाई बेलौरी नगरपालिकाका अन्य वडाहरुमा पनि विशेषज्ञ सहितको सेवा उपलब्ध गराईदिन अनुरोध समेत गरेका थिए ।

    Article inline ad #1
  • त्यस्तै,बेलौरी नगरपालिका–२ का वडाध्यक्ष कलबीर चौधरीले शनिबार बिहान ११ बजे सुरु भएको शिविरमा वडाबासीहरुको उल्लेख्य सहभागिता रहेको र आगामी दिनमा पनि यस्ता शिविर सञ्चालनका लागि अस्पताल परिवारलाई अनुरोध गरेका थिए ।

    Article inline ad #2

    स्वास्थ्य शिविरमा हस्पिटलले निःशुल्क औषधी वितरण गर्दै शिविरमा आएका बिरामीहरूलाई थप उपचारका लागि हस्पिटलले ओपिडी सेवा निःशुल्क र अन्य शुल्कमा २० प्रतिशत छुट दिने हस्पिटलका व्यवस्थापक पदमराज भट्टले जानकारी दिए ।उनले आगामी दिनमा पनि पालिकाको समन्वय र सहकार्यमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    शिविरमा डा. ललित चौधरी (हाडजोर्नी तथा नसा रोग विशेषज्ञ) र डा. हरिस जोशी (एमबिबिएस) सहितको अनुभवी चिकित्सकहरूको टोलीले बिरामीहरूको चेकजाँचसँगै उपचार गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • सनम वड

    सनम वड विश्व खोज दैनिककी सम्वाददाता हुन् । उनी विगत केहि वर्षदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् ।

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by