Above Article Ad
  • डडेल्धुराको अमरगढीमा पशु स्वास्थ्य शिबिर सम्पन्न, ५ सय ३ पशुको उपचार

    Above Article Content Ad
  • डडेल्धुराको अमरगढी नगरपालिकामा एकदिने निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । मंगलबार अमरगढी नगरपालिका वार्ड नम्बर ८ को डकले क्षेत्रमा शिबिर संचालन गरिएको थियो । GRAPE परियोजना अन्तरगत हेफर प्रोजेक्ट नेपालको आयोजना र पशु बिकास शाखा अमरगढीको प्राबिधिक सहयोग तथा अमरगढी– ८ को ब्यवस्थापन सहयोगमा शिबिर संचालन गरिएको थियो ।
    शिबिरमा विशेष गरि बाख्रा, गाई गोरु, भैसी, कुकुर, लगायतको उपचार तथा औषधी बितरण गरिएको थियो । घर पालुवा जनवारको स्वस्थ्यलाई मध्य नजर गर्दै सो क्षेत्रमा शिबिर संचालन गरिएको हेफर प्रोजेक्ट नेपालका प्रोजेक्ट कोर्डिनेटर बिष्णु प्रसाद धितालले जानकारी दिनुभयो । उहाँले शिबिरबाट घरमा पालिएको पशुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने समेत किसानले जानकारी पाएको बताउनुभयो ।
    पशु स्वास्थ्य शिबिरबाट ८३ घरधुरीका किसानले सेवा लिएका छन । जसमध्ये ३ सय ५८ बाख्रा, ९३ गाईगोरु, ४६ भैंसी तथा ६ कुकुरको औषधि बितरण संगै परामर्श उपलब्ध गराईएको हेफर प्रोजेक्ट नेपालका प्रोजेक्ट कोर्डिनेटर धितालले जानकारी दिनुभयो । कुल ५ सय ३ पशुको उपचार तथा परामर्श सेवा उपलब्ध गराईएको थियोे । निशुल्क रुपमा शिबिरबाट औषधी बितरण संगै पशु उपचार तथा परामर्श सेवा लिन पाँउदा सो क्षेत्रका किसानले खुशी व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button