
आयल निगमको डिपो विषयमा जनप्रतिनिधिबाट निस्किएन निष्कर्ष
कार्यक्रम देखाएर मन्त्री र माननीय छलफलबाटै निस्किए
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा रहेको राष्ट्रिय आवास कम्पनीको ७४ बिघा जमिनमा नेपाल आयल निगमको डिपो सार्ने विषयले त्रास उत्पन्न गराएको छ ।
डिपोमा कुनै किसिमको विस्फोट तथा आक्रमण हुँदा आसपासका बस्ती जोखिममा हुने स्थानीय स्तरबाट कुरा निस्किन थालेपछि सोमबार पुनर्वास नगरपालिकाले सर्वपक्षिय छलफलको आयोजना गराएको हो ।
छलफलमा कञ्चनपुर निर्वाचन क्षेत्र १ का संघिय साँसद तारालामा तामाङ,सुदुरपश्चिमका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा,सुदुरपश्चिमका बिधायक समिति सभापति दिवान सिँह बिष्ट,पूर्व नगर प्रमुख जिवनराज थापा,विभिन्न राजनितिक दलका प्रतिनिधि,उद्योग वाणिज्य संघका अध्यक्ष,नेपाल आयल निगमका उपनिर्देशक प्रदिप यादवसहितका प्रतिनिधि,राष्ट्रिय आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापा लगायत स्थानीयहरुको सहभागिता थियो ।
कार्यक्रमको सुरुवातमा निगमले विभिन्न क्षेत्रका निगमका डिपोको अवस्था,जोखिम बहन र सुदुरपश्चिममा बन्ने डिपोको आधुनिक डिपोको प्रोमो भिडियो सामाग्री समेत देखाएको थियो ।
भिडियो पश्चात यसै क्षेत्रका प्रदेस साँसद तथा सुदुरपश्चिमका कृषि मन्त्री बिरबहादुर थापाले राष्ट्रिय आवासको जमिन पुनर्वासका अग्रज नेताहरुले कुनै योजना सोचेर जोगाएर राखेको र यसमा आयल निगमको डिपो राख्ने विषय आफलाई स्विकार्य नभएको बताउनुभयो ।
कृषि क्याम्पस,कृषि अनुसन्धान केन्द्र र सुदुरपश्मिकै ठुलो स्टुडियमका विषय पुनर्वासीका हितमा हुन् निगम त्यति हित जस्तो लाग्दैन उहाँले भन्नुभयो ।
त्यस्तै, संघिय साँसद तारालामा तामाङको पनि कुरा उस्तै थियो । पुनर्वास कम्पनीले गल्ती नै गर्दैन भन्नेमा हामी ढुक्क थियौं । यस अघि पनि आफु र पूर्व मेयर सहितलाई काठमाडौं बोलाएर यसै जमिनलाई प्लानिङ गरेर विभिन्न योजना सुनाउँदा हामीले अस्विकार गरेको जानकारी दिनुभयो । २५ विघा जमिन आयल निगमलाई दिए बाँकी रहेको जमिनमा कुनैे प्रोजेक्ट आउने कि नआउने यस्ता विषयमा बुझ्न जरुरी रहेको र स्थानीयको भनाईलाई समेत लिनुपर्ने बताउनुभयो ।
त्यसैगरि, ,सुदुरपश्चिमका बिधायक समिति सभापति दिवान सिँह बिष्टले माननीय ज्युहरुले आफ्ना भनाई राखेर छलफल छाड्नु स्वभनिय नभएको बताउनुभयो । यो विषयमा गहिरो अध्ययन गरेर यस क्षेत्रका जनताका लागि फाईदा–बेफाईदा के हुन्छ । यी कुराहरु पनि टुँगिन जरुरी थियो । तर उहाँहरु निस्किनु भयो । उहाँले भन्नुभयो, निगम आउँदा भन्सार समेत पुनर्वासमा ल्याउन सकिने भएकाले त्यस्तो नराम्रो भने छैन् त्यैपनि एकपटक सबैले सोच विचार गर्न आवश्यक छ ।
उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीले हामीले मतदान गरेका जनप्रतिनिधिले बोल्दैमा सर्वश्व सकिन्छ भन्ने भाव देखियो यसमा आफुले दुःख व्यक्त गर्न चाहेको बताउनुभयो । प्रोजेक्ट आउँदा फाईदा बेफाईदा भन्ने हुन्छ । तर निगमले फाईदासँगै बेफाईदालाई पनि भन्न जरुरी रहेको । सम्पूर्ण प्रोजेक्टको प्रयोग निजि क्षेत्रले गर्छ । अनि जनताको सन्तुष्टिलाई नबुझि सबै कुरो सरकारी तवरबाट मात्रै हुन्छ भन्नु गलत रहेको बताउनुभयो ।
पुर्व नगर प्रमुख जिवनराज थापाले पनि जनप्रतिनिधिहरुले छलफलको विषय नबुझि जानु गलत भएको बताउनुभयो ।
यतिबेला राजनिति बचाउ गर्ने हैन, पुनर्वास र पुनर्वासीका हितमा आयल निगम छ भने राख्नुपर्छ भन्नुपथ्र्यो हैन भने हुन्न भन्दिए विषय नै टुँगिन्थ्यो भन्ने उहाँको भनाई थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सदस्य खेमराज लामिछानेले नेताहरुले जनताको भावना अनुरुपको कुरा नबोल्लेको बताउनुभयो ।
उहाँहरु पुरै समय बस्नुपर्थ्यो ,कृषी क्याम्पस ल्याउन खोज्दा स्थानीयको स्वागत योग्य नै थियो । तसर्थ पनि आयल निगम राख्न नहुने तर्क दिनुभयो ।
समाजसेवी सोमराज बरालले ग्रास लेवलका जनताहरुको चाहना के हो, उहाँहरुलाई कसरी बुझाउन सकिन्छ । त्यसै अनुरुप गर्न र आयल निगमको डिपो राख्ने कुरा अगाडी बढाउन अनुरोध गर्नुभयो ।
समाजसेवी तुला रानाले डिपो राखे सडकको भार क्षमताले धान्न सक्छ,सक्दैन र सडक बिस्तार गर्नुपरे डोकेबजार देखिका जनताको व्यवस्थापन के हुने यो विषय पनि सुरुवातमै टुंगिन जरुरी रहेको बताउनुभयो
नेकपा माओवादी केन्द्र पुनर्वासका ईन्चार्ज कंचन गिरीले पुनर्वासको बिच भागमा राखिएको उक्त जमिनमा कुनै गौरवको योजना बनोस भन्ने चाहनाले सबै राजनीतिक दलले अहिलेसम्म संरक्षण गर्दै आएको बताउनुभयो ।
उहाँले यस जमिन भन्दा आयल निगमले हुलाकी राजमार्गसंगै जोडिएको किसानको जमिन किन्न मिल्ने कि नमिल्ने र जनताको भावना विपरित राष्ट्रिय आवस कम्पनी जान नहुने कुरा व्यक्त गर्नुभयो ।
उक्त जमिन नगरपालिकाले आफ्नो स्वामित्वमा लिनुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी,नेकपा माओवादी केन्द्र पुनर्वासका अध्यक्ष धोखे रानाको पनि भनाई उस्तै छ । उहाँले आयल निगम हैन, अन्य गौरवका योजनाका लागि यहाँका नेतृत्व वर्गले पहल गर्नुपर्ने बताउनुभयो ।
छलफलकै क्रममा आयल निगमका उपनिर्देशक प्रदिप यादवले छलफलमा आए जस्तो जोखिम भने नभएको प्रष्ट पार्नुभयो ।
सबै आधुनिक प्रविधिमा जडान छ एक थोपा ईन्धन कहि चुहावट हुँदैन, भैहाले त्यलाई नियन्त्रण गर्ने हामीसँग प्रविधि जडान हुन्छ । उहाँले भन्नुभयो
पुनर्वास राष्ट्रिय आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापाले पनि कम्पनीसँगको विषय भन्दा आयल निगमको फाईदा बेफाईदाको समिक्षा गर्न पथ्र्यो तर प्रसंग मोडिएको जस्तो लागेको बताउनुभयो । कम्पनीसँगको विषयमा यहाँका जनप्रतिनिधि र सरोकारवालाहरुसँग छुट्टै बस्ने समय निकाल्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले जनताको माग र ईच्छा अनुसार आफु अघि बढ्ने बताउनुभयो ।
मलाई कतिपय राम्रै व्यक्तिहरुले ठिक हो । र कतिपयले ठिक छैन भन्ने कुराहरु आए । यसमा म पनि अन्यौलतामा छु । यसलाई मेरो आफ्नो ईच्छा अनुसार अगाडी नबढाउने कुरा व्यक्ति गर्नुभयो ।उहाँले नजिकका वडा स्तरमा पनि छलफल हुन जरुरी छ भन्नुभयो ।
सुरुवातमै आफ्ना भनाई व्यक्त गरेर माननीयहरु छलफल हलबाट विभिन्न समस्या देखाउँदै निस्किेपछि छलफल निष्कर्षमा पुग्न सकेन । छलफलमा माननीयहरुको भनाई खुलस्त नहँदा उहाँहरुको भाव बुझ्न नसकिएको सहभागीहरुको भनाई थियो ।
आयल निगमको विषयले पुनर्वासीहरुमा देखिएको त्रास र वास्तविकतालाई बुझाउनु जनप्रतिनिधिको दायित्व हुन्छ । तर जनप्रतिनिधिहरुकै त्यो शैलीले कसैको दबाबमा कुरो लुके झै प्रष्ट देखियो । यस विषयमा जनताले सुहाँउदो जवाफ खोजेका छन् । तिनै तहका जनप्रतिनिधहरु यसमा प्रतिबद्ध हुन जरुरी देखिन्छ ।