Above Article Ad
  • देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

    Above Article Content Ad
  • काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका छन् ।

    प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार मंगलबार र बुधबार तीन दलका शीर्ष नेता बस्ने प्रयास भएको थियो । यसका निम्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नै छ्न । तर, माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं बाहिर रहेकाले छलफल हुन सकेको छैन् ।‘मंगलबार बेलुकी चितवनबाट प्रचण्ड काठमाडौं आउने भनेपछि बुधबार राखियो, उहाँ आउनुभएन । आज दिउँसो २ बजे बसौं भनिएको छ । तर, प्रचण्डको फर्किने कुराले कतिबेला बस्छ भन्ने तय हुन्छ’, प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने ।

    Article inline ad #1
  • ती अधिकारीका अनुसार संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा तीन दलका शीर्ष नेताहरू बस्न लागेका हुन् ।संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सम्बन्धित आयोगले काम गरिरहेको छ । त्यसमा हस्तक्षेप नभएर पीडितका कुरा कसरी सम्बोधन गर्ने भन्ने लगायतका विषयमा तीन नेता छलफलमा बस्ने लागेको नेताहरू बताउँछन् ।

    Article inline ad #2

    प्रचण्ड काठमाडौं फर्किएपछि तीन नेताबीच छलफल हुनेछ । कांग्रेस र एमालेका नेताहरू भने निरन्तर संवादमा छन् । उनीहरू बुधबार बेलुकी पनि छलफलमा थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by