
अलंकार पब्लिक स्कुलद्वारा माघ ९ गते देखि विद्यालय स्तरीय तेस्रो एपिएस कप फुटबल हुने
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित श्री अलंकार पब्लिक स्कुलको आयोजनामा बिद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
शुक्रबार अलंकार पब्लिक स्कुलका प्रिन्सिपल पुष्पराज ओझाले पत्रकारहरुलाई जानकारी गराउँदै माघ ९ गतेदेखि तेस्रो एपिएस कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
सो प्रतियोगितामा कञ्चनपुर र कैलालीका सामुदायिक तथा निजि बिद्यालयहरुको सहभागिता गराईनेछ । २ हजार ५ सय टिम दर्ता शुल्क राखिएको प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार ५ सय पचपन्न रुपैयाँ र द्धित्तीय हुने टिमलाई ११ हजार ५ सय पचपन्न रुपैयाँ सहित आकर्षक ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक शिक्षक लक्ष्मण ओझाले बताए ।
बागिश्वरी माध्यामिक बिद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा आधारभुत तहका बिद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।