Above Article Ad
  • कैलालीबाट पूर्वमुख्यमन्त्रीका भाइ पेस्तोलसहित पक्राउ

    Above Article Content Ad
  • धनगढी- युवकको हत्या आरोपमा कैलालीमा एकजना पक्राउ परेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका –६ का ५१ वर्षीय महावीर चौधरी पक्राउ परेका हुन्।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार चौधरीलाई बर्दिया र कैलाली प्रहरीको सयुक्त टोलीले कैलारी गाउँपालिका वडा नम्बर २ मदराबाट पक्राउ गरेको हो। मदरास्थित खाली घरमा सुतेको अवस्था चौधरी पक्राउ परेको प्रहरी निरीक्षक विष्टले बताए।

    Article inline ad #2

    ‘पक्राउ परेका चौधरी बर्दियाको राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारू रेस्टुरेन्टमा भएको गोलीकाण्डका मुख्य अभियुक्त हुन्,’ उनलाई प्रहरीले बुधवार दिउँसो ३ बजेको समयमा खाली घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक बिष्टले भने। गत आइतबार उक्त रेस्टुरेन्टमा भएको गोली प्रहारबाट दाङको तुलसीपुर–६ का २८ वर्षीय निरज चौधरीको हत्या भएको थियो

    हत्यापछि बर्दियाबाट फरार भएका चौधरीको साथबाट पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ। महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् काँग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by