Above Article Ad
  • साना किसान सहकारी त्रिभुवनबस्तीद्वारा बडा दशैको शुभकामना आदानप्रदान तथा प्रगती समीक्षा 

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित श्री साना किसान सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीद्वारा बडा दशैको शुभकामना आदानप्रदान तथा प्रगती समीक्षा  आयोजना गरिएको छ ।

    आईतबार जनप्रतिनिधि र सञ्चालक समितीको उपस्थितिमा बडा दशैको शुभकामना आदानप्रदान तथा प्रगती समीक्षा  आयोजना गरिएको हो ।

    Article inline ad #1
  • संस्थाकी अध्यक्ष दिना निरौलाको सभाध्यक्ष तथा  पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपप्रमुख भुलिया कुमारी रानाको विशिष्ट आतिथ्यता थियो । भने अतिथीमा पुनर्वास-५ का अध्यक्ष पदम बहादुर रोकाया,पुनर्वास-४ का अध्यक्ष मनोज जैशी र पुनर्वास-६ का अध्यक्ष मित्र सिंह लामा र सहकारी विभागका प्रमुख  धौलराम सार्की आसिन हुनुहुन्थ्यो ।

    Article inline ad #2

    प्रमुख अतिथीको आसनबाट बोल्नु हुँदै नगर प्रमुख तोय प्रसाद शर्माले बडा दशै,तिहार र छठको शुभकामना व्यक्त गर्दै साना किसानका कार्यक्रमले कृषकहरुका पिर मार्का बुझ्ने किसिमको देखिएको तर सहकारीले अन्य बैंकबाट लिएको कर्जा घटाई बचतकर्ताको बचत बढाउन तर्फ ध्यान दिन अनुरोध गर्नुभयो ।

    सहकारी अहिले पनि मुद्दामै छ । मुद्दा क्यान्सर रोग जस्तै हो । मुद्दा तत्काल टुङ्गयाउन पर्छ नभए सहकारी फस्टाउने भन्दा बन्द हुने अवस्था आउन सक्ने उहाँले बताउनुभयो ।

    त्यसैगरी,उपप्रमुख रानाले धेरै सहकारीहरु यतिबेला बदनाम छन् । समाजमा पुरुष भन्दा बढि महिलामा विश्वास गर्ने गर्छन । महिलाहरुले जेनतेन गरि गरेको बचतको सहि लगानी गर्न  सहकारी सञ्चालक समितिलाई बताउनुभयो ।

     

    त्यस्तै, वडाध्यक्षहरुले साना किसान सहकारी अहिलेको अवस्थामा निकै राम्रो मानिएको बताउदै भारतबाट घाँस काटेर दूध बेचेको पैसाले गरेको बचत भएकाले आर्थिक पारदर्शिता देखाउन कर्मचारी र सञ्चालक समितीलाई सुझाव दिनुभएको थियो ।

    सहकारीका अध्यक्ष दिना निरौलाले  लघु कर्जा भन्दा कृषि कर्जाको प्रयोग गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।

    उहाँले नगरपालिकाबाट सहकारीले के गर्दैछ, नियम संगत छ/छैन भनी समय समयमा अनुगमन र निगरानी गर्दिए  सहकारी अझै मजबुत हुने बताउनुभयो ।

    हाल २८ सय ६ महिला शेयर सदस्य रहेपनी बचतका आधारमा ३ लाख सम्मको बीना धितो कर्जा दिदै आएको प्रबन्धक कल्पना चापागाईंले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button