Above Article Ad
  • पुनर्वासमा बैंकको चर्को ब्याजदर विरुद्ध व्यवसायीहरु आन्दोलित

    Above Article Content Ad
  • पुनर्वास । बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदरका विरुद्ध कञ्चनपुरको पुनर्वासका व्यवसायीहरू आन्दोलित भएका छन् ।

    वर्तमान समयमा बैङ्क तथा वित्तीय संस्थाहरूले लगानी गरेको साँवा रकमको चर्को ब्याजदरका विरुद्ध यहाँका व्यवसायीहरू आन्दोलित भएका हुन् ।

    Article inline ad #1
  • शुक्रवार पुनर्वास उद्योग वाणिज्य सङ्घको अगुवाइमा शान्तिपूर्ण आन्दोलन गरेको हो । संघले पुनर्वासको आई.बी.आर.डी. बजार र प्रतिभानगर टाउन बजारमा शान्तिपूर्ण ढङ्गबाट बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले बताउनुभयो ।

    Article inline ad #2

    उहाँले तुरुन्तै ब्याजदर एक बिन्दुमा कायम भएन भने कडा रूपमा आन्दोलन गर्ने चेतावनी दिनुभयो । कोरोना महामारीले ओरालो लागेको उद्योग व्यवसायीले समस्या भोग्दै आएका व्यवसायीहरूले थप बैकको चर्को ब्याजदरले थप समस्यामा परेको बताउनुभयो ।

    त्यस्तै संघका संस्थापक अध्यक्ष बिरबल बिश्वकर्माले बन्द हुने अवस्थामा पुगेका हाम्रा उद्योग,पलायन हुन लागेका किसान र व्यवसायहरुलाई फेरी सुचारु गर्न सहुलियत दरमा सरकारको निति अनुसार काम गर्न सक्छ भने बैंकहरुले गरोस भन्ने चाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो हामी कर पनि तिर्न खोजिरहेका छौं, अहिले व्यवसायीहरुले सरकारलाई कर तिर्न सक्ने अवस्था छैन् , करले चिट्टी काट्यो भने ढोका लगाएर बस्नुपर्ने अवस्था छ । दिनप्रतिदिन खुला सीमानाकाबाट अवैध रुपमा सामान आइरहेको छ । यसलाई नियन्त्रण गर्न खोजिरहेका छौ । हाम्रा उद्योग व्यवसायलाई बढावा दिन लागिरहेका छौ ।

    “व्यवसायीका मात्रै पीडा छैनन, उपभोक्तापनि चर्को मूल्यको चपेटामा छन् । उनीहरुले पनि सस्तोमा पाउनुप¥यो , यसको पनि अनुगमन हुनुपर्छ ।” उहाँले भन्नुभयो, “अब सरकारले बसीराखेर भएन,एउटा वैज्ञानिक अर्थनिति ल्याएर भएपनि व्यवसायीहरुलाई पलायनबाट रोक्नुपर्छ ।” बैंक तथा वित्तिय संस्थाहरुले पनि यहाँका व्यवसायीहरुसँग छलफल गरेर ब्याजदर परिमार्जित गर्नुपर्ने, यदि यहि निति रहि राखे व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना हुने र मजदुर,व्यवसायीहरु आजका भन्दा चर्को आन्दोलनमा उत्रिने जानकारी दिनुभयो । विरोध कार्यक्रममा विभिन्न चर्का नारा सहितका प्ले कार्ड बोकी व्यवसायीहरु सडकमा उत्रिएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button