Above Article Ad
  • पुनर्वास ४ द्वारा आरन व्यवसायीहरूलाई आवश्यक सामग्री हस्तान्तरण

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वासमा आरन व्यवसायीहरूका लागि सामग्री खरिद तथा हस्तान्तरण गरिएको छ।

    पुनर्वास नगरपालिका वडा नम्बर ४ को आयोजनामा वडाभित्र आरन व्यवसाय गरेर बसिरहेका ६ परिवारलाई आवश्यक सामग्री वितरण गरिएको पुनर्वास ४ का वडाध्यक्ष मनोज जैसीले बताउनुभयो ।
    वडाको बजेटबाट वडाभित्र बसोबास गरी आरन पेशा गरिरहेका ६ परिवारलाई सहयोग पुगोस् भन्ने हिसाबले र उनीहरूको आर्थिक अवस्था मा परिवर्तन ल्याउन सकियोस् भनेर सामग्री वितरण गरिएको उहाँले बताउनुभयो।।
    पहिलो लटमा वडाबाट उनीहरूलाई आवश्यक रहेका सामग्रीहरू हस्तान्तरण गरिएको छ। जसमा घन सानो ठूलो, फलाम काट्ने ठूलो कटर, सानो कटर, फलाममा प्वाल बनाउने मेसिन, फलाम कुट्ने सापट, १० बोरा कोइला, र तीन क्विन्टल फलाम वितरण गरिएको पुनर्वास ४ वडा सदस्य रेवती रमण घिमिरेले जानकारी दिनुभयो ।

    Article inline ad #1
  • आरन पेशा गर्ने चन्द्रबहादुर सुनार, खडक बहादुर सुनार, धनी लावड, रणबहादुर सुनार, कमल विश्वकर्मा र दलबहादुर सुनारले उहाँहरूलाई आरन पेशा गर्दा आवश्यक परेका सामग्रीहरू उपलब्ध गराइएको थियो। सामग्री हस्तान्तरण कार्यक्रममा आफूहरूलाई आवश्यकता परेको सामान वडाबाट निःशुल्क रुपमा प्राप्त गरेपछि निकै सहयोग पुगेको उनीहरूले बताएका छन्।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by