Above Article Ad
  • विषालु सर्पको टोकाईबाट बिचफाँटाका एक बालकको अवस्था झन जटिल,सहयोगको लागि अपिल

    Above Article Content Ad
  • पुनर्वास–विषालु सर्पको टोकाईबाट कञ्चनपुरको पुनर्वास नगरपालिका–९, बिचफाँटाका एक बालकको अवस्था झन अस्वस्थ्य बन्दै गएको छ ।
    साउन २६ गते राती सुतेको बिस्तारामा सुर्य बुढाका १० वर्षिय छोरा हर्षल बुढा र उनका भाईका ९ वर्षिय छोरा लक्की बुढालाई विषालु सर्पले डसेको थियो । डसेको एक महिना सम्म पनि सुर्यका छोरा हर्षललाई बिसेक नभएपछि थप उपचारका लागि सोमबार काठमाडौं लगिएको हो ।
    कैलालीको सेती प्रादेशिक अस्पतालमा एक महिना देखि उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि सोमबार अस्पतालले काठमाठौको टिचिङ्ग हस्पिटलमा थप उपचारका लागि रेफर गरेको बालकका बुवा सुर्य बुढाले जानकारी दिए ।
    “सर्पले टोकेपछि सेती प्रादेशिक अस्पताल लगे,त्यहाँ एक साता आईसियु र एक साता बाल वार्डमा राखेर उपचार गरियो ।” उनले भने ,“केहि सुधार भएपछि घर लगे तर फेरी स्वास्थ्यमा समस्या आयो,बाह्र दिन अस्पताल भर्ना गर्दा कुनै सुधार आएन अहिले काठमाडौं रेफर भयो ।”
    यतिबेला सेती प्रादेशिक अस्पतालले रेफर गरेपछि बालक छोरा लिएर थप उपचारका लागि सुर्य काठमाडौको टिचिङ्ग हस्पिटल पुगेका छन् ।
    सामाजिक क्षेत्र र कृषि क्षेत्रमा निकै सक्रिय रहेका युवा सुर्य बुढा सरकारको बेईमानी र बजारको अभावका कारण कृषिले डुबाएपछि हाल रोजगारीको शिलशिलामा भारतमा थिए ।
    सामान्य पारिवारिक अवस्थाका बुढा यतिबेला आर्थिक अवस्था कमजोर भएपछि छोराको उपचारका लागि सहयोगको अपिल गर्न थालेका छन् । उनले सहयोगी व्यक्ति तथ संघसंस्थाहरुलाई छोराको उपचारमा सहज बनाईदिन आफुलाई सहयोगको माग गरेका हुन् । उनलाई सहयोग गर्न चाहनेले ९८००६६३४२१ मा सम्पर्क गर्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button