Above Article Ad
  • मोटरसाइकललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्न रोक

    Above Article Content Ad
  • काठमाडौं —पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुको प्रदर्शनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय प्रवेशमा कडाइ गरिएको छ ।

    चक्रपथसँगै जोडिएको विमानस्थलको मुख्य गेट (गोल्डेन गेट)मा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । उनीहरुले सोधपुछ  र चेकजाँचपछि मात्रै उनीहरुलाई भित्र प्रवेश गर्न दिएका छन् ।केही मोटरसाइकलमा सवार व्यक्तिलाई त प्रवेश गर्न नदिई सुरक्षाकर्मीहरुले फर्काइदिएका छन् ।

    Article inline ad #1
  • पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक हप्ता बसाइँपछि आज हवाईमार्ग हुँदै काठमाडौं आउँदैछन् । उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र राजावादी विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् ।

    Article inline ad #2

    उनीहरुले राष्ट्रिय झण्डा र ज्ञानेन्द्र शाहको फोटो भएको ब्यानर समेत बोकेका छन् । पूर्वराजा शाहको स्वागतका लागि भनेर भेला हुनेहरुको भिड बढ्दै गएपछि सवारी आवागमन पनि प्रभावित भएको छ ।

    राजावादीहरु सडकमा उत्रिएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by