
सृजनशील बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न
पुनर्वास–कञ्चनपुरको झलारीमा केन्द्रिय कार्यालय भई पुनर्वासबाट शाखा कार्यालय मार्फत वित्तिय सेवा दिईरहेको सृजनशील बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार पुनर्वास नगरपालिका–४,स्थित विराज रेष्टुरेण्टको सभाहलमा शेयर सदस्यहरुको सहभागितामा भव्य समारोहका बीच संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सहकारी सञ्चालक समितिका सदस्य चेतराज भट्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिका–४ का वडाध्यक्ष मनोज जैसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथीमा कञ्चनपुर सहकारी संघका उपाध्यक्ष दान बहादुर रावल रहनुभएको थियो । भने अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डीका प्रमुख प्रहरी सहायक निरिक्षक मुकेश सिँह लगायतका व्यक्तित्वहरु अतिथीमा आसिन हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी वडाध्यक्ष मनोज जैसीले सहकारी सफलताको शुभकामना व्यक्त गर्नुहुँदै सहकारी र शेयरसदस्य बीचका पारस्पिरिक सम्बन्धका कारण सहकारी बलियो हुने बताउनुभयो ।
बिशिष्ट अतिथी सहकारी संघका उपाध्यक्ष रावलले नेपालमा धेरै सहकारी अहिले बदनाम भईरहे पनि सृजनशील सहकारीको कारोबार र सदस्यहरुलाई दिने सेवा अहिले निकै राम्रो देखिएको सुनाउनुभयो ।
१९ हजार १ सय पाँच सदस्य संख्या रहेको सो सहकारीका ५ हजार १ सय ३४ ऋणी छन् । ६१ करोड ७३ लाख बढि बचत,६० करोड ६८ लाख बढि शेयर देखिन्छ । भने पुनर्वास शाखा अन्तर्गत हेर्दा एक हजार ६५ सदस्य,७ करोड २२ लाख लगानी र ३ करोड ४ लाख बचत छ । संस्थाले यस वर्षमात्रै १ करोड ७२ लाख ५१ ह्जार ६ सय ९२ रुपैयाँ मुनाफा गर्न सफल भएको पुनर्वास शाखाका व्यवस्थापक अनिल भट्टले जानकारी दिनुभयो ।
सहकारीको पुनर्वास शाखाकी कर्मचारी सिता चन्दको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन पुनर्वासका शाखा प्रबन्धक अनिल भट्टले गर्नुभएको थियो ।