Above Article Ad
  • कैलाली बहुमुखी क्याम्पसका प्रमुखलाई विद्यार्थीहरुले दिए ज्ञापनपत्र

    Above Article Content Ad
  • धनगढी :कैलाली बहुमुखी क्याम्पस धनगढीमा, विद्यार्थीका समस्या समाधानका लागी संघर्ष समितिले ८ बुदे माग सम्बोधनका लागी ज्ञापनपत्र बुझाएको छ ।

    कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रध्यापक तोयाराज भट्ट समक्ष आफुहरुले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको संघर्ष समितीका अध्यक्ष तेजजंग मल्लले बताउनुभयो ।

    Article inline ad #1
  • समितीले विद्यार्थीका समस्या समाधानका २ दिन भित्र सम्वोधन गर्न समेत आग्रह गरेको छ । २ दिन भित्र माग सम्बोधनका लागी आवस्यक पहल नगरिए आफुहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत रिले अनसन, आमरण अनसन गर्न समेत बाध्य हुने संघर्ष समितीका अध्यक्ष मल्लले बताउनुभयो ।

    Article inline ad #2

    बिद्यार्थीका मागहरु :
    १. सेमेष्टरको अध्यायन सुरुहुनु पूर्वनै आवश्यक पाठ्यपुस्तक तथा विषय कोर्षको व्यवस्था पुस्तकालय तथा विद्यार्थीहरुलाई उपलब्ध हुनुपर्ने,

    २. सेमेष्टरको संक्रान्त परिक्षा हुनु भन्दा एक महिना अगाडीनै कोर्ष सक्काउनुपर्ने,

    ३. विभिन्न संकायमा अध्यापन गराउने शिक्षक अभावको समस्या तत्काल समाधान गर्न गर्ने,

    ४. कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका लागी होस्टेलको व्यवस्था गर्नुपर्ने,

    ५. विद्यार्थीलाई समयमै छात्रवृत्ति कार्यक्रमको जानकारी तथा वितरण गर्नुपर्ने,

    ६. विश्वविद्यालयको कार्यविधिलाई मिचेर गरिएका सम्पुर्ण कार्यहरु तत्काल खारेज गरि कार्यविधि अन्तर्गत रहेर गतिविधि सञ्चालन गर्नुपर्ने जस्तै विद्यार्थी गुणस्तर समुहको गठन

    ७. क्याम्पसमा क्लवका नाममा भई रहेको राजनिति अन्त्य गरि विद्यार्थीका अतिरिक्त क्रियाकलापमा स्वच्छ रुपमा सञ्चालन गरिने वातावरण मिलाउने,

    ८. विद्यार्थीका अतिरिक्त क्रियाकलाप लगाएत अन्य व्यवस्थापनमा गरिने खर्चको निश्चित मापदन्ड बनाउनुपर्ने ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by