
श्रीमतीको जाहेरीपछि जबरजस्ती करणी आरोपमा पक्राउ परे बेलौरीका शाह
Above Article Content Ad
धनगढीः श्रीमती जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिव नगरका ३३ वर्षीय ओबजंग शाह पक्राउ परेका हुन्। शाहलाई सोमबार नेपालगञ्जबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले बताए। शाहकी श्रीमतीले सुखडमा जबरजस्ती करणीमा उजुरी दर्ता गरेकी थिइन्।
Article inline ad #1
उनले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिए। शाहलाई नेपालगञ्जबाट सोमबार इलाका प्रहरी कार्यालय सुखडमा ल्याएर हिरासतमा राखिएको छ। मङ्गलवार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक साउँदले बताए।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad