Above Article Ad
  • बेल्डाँडीका हरिकिसन रानाको हत्या आरोपमा गाउँपालिका उपाध्यक्ष शान्ती नाथ पक्राउ

    Above Article Content Ad
  • बेलौरी – बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ पक्राउ परेकी छ्न ।

    मङ्गलवार साझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उनलाई महेन्द्रनगरबाट पक्राउ गरेको हो ।

    Article inline ad #1
  • जिल्ला अदालत कञ्चनपुरको अनुमतिमा नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

    Article inline ad #2

    प्रहरीले उनलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग सम्वन्धी मुद्दामा अनुसन्धान गरिरहेको शाहीले बताए । उनी माथी बेलडाडीका हरिकिसन रानाको हत्या गरेको आरोप लागेको थियो  । रानाको परिवारले ज्यान मार्ने कसुरमा नाथ विरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

    गत वैशाख ९ गते कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा बेलडाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन राना जलेको अवस्थामा मृत फेला परेका थिए ।

    बिहान ४ बजेतिर घरबाट हिँडेका रानाको शिवनगरमा सडक छेउमै शव र  मोटरसाइकल बाटो छेउमै तोरीको भुसामा जलिरहेको अवस्थामा भेटिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6