![](https://biswokhoj.com/wp-content/uploads/2024/06/20240620_093043-780x470.jpg)
हावाहुरीका कारण पुनर्वासमा ठूलो क्षती
Above Article Content Ad
पुनर्वास- बुधबार साझ एक्कासी आएको हावाहुरीका कारण कंचनपुरको पुनर्वासमा ठूलो क्षती पुर्याएको छ ।
हावाहुरीले पुनर्वास नगरपालिका-६ स्थित किसान जागरण सहकारीको छाना आंशिक र पर्खालमा पुर्ण क्षती पुर्याएको हो ।
Article inline ad #1
सहकारीले करिब चार लाख बराबरको क्षती भएको अनुमान गरेको छ ।
त्यस्तै,पुनर्वास नगरपालिका-५ स्थित गौरीशंकर माध्यमिक बिधालयको कृषि प्रयोजनार्थ निर्माण गरिएको टर्नेलमा समेत क्षती पुर्याएको छ ।
Article inline ad #2
पुनर्वासको बागिश्वरी माध्यमिक बिधालय,५,६,७,८ र ९ वडामा थुप्रै घरहरुका छानाहरु उडाएको छ भने एलटि र ३३ केभीका ३४ पोलमा पुर्ण क्षती भएको थियो ।
पुनर्वास नगरपालिकाले क्षतिको विवरण संकलन गरिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad