Above Article Ad
  • जमानामा आर्टसले चिनिएका पत्रकार लामाको अहिले सुदूरपश्चिममै फिट्नेस मोडलिङको चर्चा

    Above Article Content Ad
  • पुनर्वास– “रञ्जित लामा” भन्ने नाम सुदूरपश्चिममा नौलो भएपनि पुनर्वास र बेलौरीका लागि चिरपरिचित नाम हो । नामले परिचित भएपनि लामालाई प्रत्यक्ष अनुहारमा भने प्रायः कमैले देखेका छन् ।

    कुरो आजभन्दा डेढ दशक पहिलेको हो । पुनर्वासकै दोस्रो बजार आई.बी.आर.डी. बजारमा उनको हस्त लेखाई गर्ने एउटा सानो पसल थियो ।

    Article inline ad #1
  • त्यतिबेला अहिलेको जस्तो फल्याक्स प्रिन्ट थिएन । कुनैपनि कार्यक्रमका लागि ब्यानर र संस्था तथा पसलहरुका भित्तामा लेख्नुपर्ने लेखाईका कामले लामा निकै चर्चामा थिए । किनभने पुनर्वासमा व्यवसायिक रुपमा काम गर्ने र चर्चामा रहेका उनीमात्रै थिए ।
    लामोको लगाउने र बोल्ने शैलीले उनीप्रति धेरैको व्यवहार र सम्बन्ध नजिक हुन्थ्यो । उनको मिठास बोली र बोल्दा गालामा देखिने डिम्पलले होला सायद । रञ्जित लामा भनेपछि मान्छेमा चर्चा बढि चल्थ्यो ।

    Article inline ad #2
  • छोटो बटारिएको शरीर, अनुहारमा मन्द मुस्कान र झट्ट हेर्दा हिरो झै लाग्ने लामा हाते लेखाई (आर्टस)सँगसँगै साहित्यिक बिधामा पनि उत्तिकै अगाडी थिए । उनले साहित्यिक क्षेत्रको दौडाहमा आफ्नै जीवनसँग सम्बन्धित “चाँदनी गजल कुञ्ज” र “राग बिराग गजल समुच्चय” गरी दुई वटा गजल संग्रह प्रकाशन गरे ।

    वास्तविक नाम रञ्जित लामा भएपनि उनलाई साहित्यिक क्षेत्रको उपनाम “रागी लामा”ले पनि चिनाउथ्यो । जीवनको लामो संघर्षसँगै लामा कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशन हुने फारवेष्ट टाईम्स नामक पत्रिकामा पनि आवद्ध रहे । लेखाई र शब्दमा निकै दख्खल रहेका लामालाई पत्रकारिता क्षेत्र आफुलाई सुहाँउदो लाग्यो । उनी समाजका लागि केहि गर्ने र आफु पनि चर्चा बटुल्ने सोंचमा हुन्थे । केहि सुरुवात गर्नु अघि लामो सोंचाई पछि मात्रै ठोस निर्णय दिने उनको अहिलेसम्म पनि बानी छ । आर्ट्स, पत्रकारिताको निरन्तर यात्रामा उनले कैलालीबाट प्रकाशन हुने थुप्रै पत्रिका र रेडियोमा आवद्ध रहे । काम गर्ने क्रममा उनले आफ्नै नामबाट एउटा मिडिया सञ्चालन गर्छु भन्ने निधो गरेर हेल्लो पुनर्वास नामक साप्ताहिक पत्रिका दर्ता गरे । पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकालाई कार्यक्षेत्र बनाई पत्रकारितालाई अझै तीक्ष्ण पार्दै गए ।

     

    उनले पुनर्वासमा धेरै पत्रकार समेत उत्पादन गरे । सीमा विवाद, चोरी तस्करी, समाजमा जगडिएको कुप्रथा, राज्य विरोधी गतिबिधिको निरन्तर निडरताका साथ भण्डाफोरमा उभिए । अहिले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट दैनिक रुपमा प्रकाशन गर्ने हेल्लो पुनर्वास दैनिक पत्रिका कैलाली र कञ्चनपुरमा देखिएपछि त्यसैपनि लामा चर्चामा छन् । उनको सपना यतिमा मात्रै सीमित छैन् , अझै आधा दर्जन बढि सपना पूरा गर्ने मौकामा छन् । समयको महत्वलाई अत्यन्तै ख्याल गर्ने लामा बहुप्रतिभाका रुपमा चिनिन्छ । पत्रकारितासँगै पछिल्लो समय उनी शारीरिक सुगठनका ईन्स्ट्रक्टरको रुपमा पनि धेरै माझ परिचित छन् ।

     

    उनी धनगढीकै “फारवेष्ट फिट्नेस” जिम सेन्टरमा विगत तीन वर्षदेखि पर्सनल जीम ट्रेनरको रुपमा स्थापित छन् । त्यस्तै केही दिन अघि मात्रै धनगढीको राजपुर स्थित ४० लाख लगानीमा रिवज शाह र अशोक साउँदले सुरुवात गरेको अत्याधुनिक “फिटनेसवाला” जिम प्रमोसनको लागि फिट्नेस अभिनयका रुपमा लामालाई राखिएको छ । जिममा अनुभवी ईन्स्ट्रक्टर लामाले जिमिङ, कार्डियो, एरोविक, योगा स्टे«चिङ र पर्सनल ट्रेनर समेत दिदै आएकाछन् । केन्द्रबाट फिट्नेस आईकन ल्याएर जिम प्रमोसन गरिरहेको वर्तमान परिप्रेक्ष्यमा “फिटनेसवाला” जिम सेन्टरले स्थानीय फिट्नेस मोडल लामालाई प्राथमिकता दिएको छ । जिम सेन्टर प्रमोसनका लागि नील बिष्टले खिचिएको भिडियोलाई निका कृयशनले ईडिटिङ गरेका छन् ।

     

    जिम प्रमोसनका लागि खिचिएको उक्त भिडियो सुदूरपश्चिमका लागि सम्भवत पहिलो हो । उनको त्यो भिडियो रञ्जित लामा फिट्नेस मोडल नामक युट्यूब च्यानलबाट सार्वजनिक भएपछि यतिबेला सुदूरपश्चिममै लामा चर्चामा चुलिएका छन् । अहिले दिनप्रतिदिन युवा वर्गमा मात्रै हैन वयस्क र वृद्धमा पनि जिमको क्रेज झन बढ्न थालेको छ ।https://youtu.be/Vlu2Eyw3d1c

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button