Above Article Ad
  • पुनर्वासमा मनाईयो ६६ औं राष्ट्रिय सहकारी दिवस

    Above Article Content Ad
  • पुनर्वास – “सहकारीको दिगोपन, स्वनियम र सुशासन“ भन्ने मुल नारा सहित
    कञ्चनपुरको पुनर्वासमा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाईएको छ ।

    सोमबार पुनर्वास उद्योग वाणिज्य संघको सभाहलमा पुनर्वास नगरपालिकाको सहयोग तथा पुनर्वास नगरस्तरीय सहकारी समन्वय समितिको आयोजनामा पुनर्वासका ५४ सहकारीको सहभागितामा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाईएको हो ।

    Article inline ad #1
  • सुनौलो महिला सहकारी संस्थाकी अध्यक्षदुर्गा नेपालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा पुनर्वास नगरस्तरीय सहकारी समन्वय समितिका अध्यक्ष शंकर केसीको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथीमा केन्द्रिय दुग्ध सहकारी संघका सञ्चालक सदस्य भरत बिष्ट, केन्द्रिय दुग्ध सहकारी संघका लेखा सदस्य परशुराम बिश्वकर्मा रहका थिए । भने विभिन्न सहकारीका अध्यक्ष तथा व्यवस्थापक अतिथीमा आसिन थिए ।
    कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख तोयप्रसाद शर्माले ,राम्रोलाई प्रोत्साहन, नराम्रोलाई सल्लाह सुझाव त्यसलाई नमाने कार्वाहीमा जाने सके मात्रै सहकारीको प्रगती हुने बताए ।

    Article inline ad #2

    “कर्मचारी ,शेयरसदस्य र सञ्चालक समितिको केन्द्रिकरण भएमात्रै सहकारीको प्रगती हुन्छ ।, निरास भएर कहिल्यै प्रगती हुँदैन प्रयत्न गर्ने प्रयासमा दोडिन जरुरी छ । नगर प्रमुख शर्माले भने, सहकारी विकासका लागि नगरपालिकाले सहकारी शिक्षा तर्फ जोड दिईरहेको छ । यसलाई सदुपयोग गरेर मात्रै जान सके सहकारीको स्तर उन्नती हुन्छ ।”
    नगर प्रमुख शर्माले सहकारीहरु नियमको परिधिमा नआए अप्रीय निर्णय गर्न बाध्य हुनुपर्ने कार्यक्रम मार्फत जानकारी दिए ।

    त्यस्तै कार्यक्रमका अतिथी तथा नगरपालिकाका सहकारी शाखा प्रमुख धौलराम सार्कीले सहकारीहरु आफैले बनाएका नियमलाई आफैले मिच्दै आएको बताएका छन् । उनले सहकारी सञ्चालन ऐन, नियमको परिधिमा रहेर सञ्चालक समिति र कर्मचारीलाई काम गर्न अनुरोध गर्दै कुनैपनि सहकारीले प्रगती गरेको छ भनेर आफुले भन्न नसक्ने अवस्था रहेको तर्क दिए ।
    अहिले सम्म सबै सहकारीलाई डाटा अपडेट माग्दा ४ सहकारीले मात्रै बुझाए अरुले स्थानीय सरकारलाई अटेरी गरिरहेका छन् । अब नियम विपरित चल्न खोज्ने सहकारीलाई कार्वाही गर्न आफु बाध्य हुने सहकारी प्रमुख सार्कीको भनाई छ ।

    सहकारीकर्मीहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमको सञ्चालन नगरस्तरीय सहकारी समन्वय समितिका सचिव एककुमार श्रेष्ठले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button