Above Article Ad
  • एकै दिन एनआरटीको दुई चर्चित फुटबल प्रतियोगिता २४ औं आहा रारा पोखरा गोल्डकप र २५ औं बुढासुब्बा गोल्डकप खेल्दै

    Above Article Content Ad
  • पोखरा । हाल मोफसलकै दुई चर्चित फुटबल प्रतियोगिता २४ औं आहा रारा पोखरा गोल्डकप र २५ औं बुढासुब्बा गोल्डकप फुटबल चलिरहेको छ । आहारारा पोखरा गोल्डकप पोखरामा र बुढासुब्बा धरानमा जारी छ ।

    संयोग के छ भने एनआरटीले दुवै प्रतियोगितामा आज एकैदिन प्रतिस्पर्धा गर्दैछ । तर, दुई फरक टिम बनाएर । पोखरामा अन्जन विष्टको कप्तानीमा र धरानमा सरोज तामाङको कप्तानीमा एनआरटी मैदान उत्रँदैछ ।

    Article inline ad #1
  • यस्तै ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पनि दुवैतिर दुई टिम बनाएर खेलिरहेको छ ।

    Article inline ad #2

    आहा रारा पोखरा गोल्डकपमा एनआरटीले आज ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडसँग खेल्दैछ । खेल दिउँसो २ः३० बजे पोखरा रंगशालामा हुनेछ ।

    चर्च ब्वाइजले बुधबार भुटानी क्लब आरटिसीलाई अराएर बुढासुब्बाको फाइनल पुगिसकेको छ ।

    यस्तै एनआरटीले आजै बुढासुब्बा गोल्डकपमा सेमिफाइनल खेल्दैछ । एनआरटीले बुढासुब्बाको दोस्रो सेमिफाइनलमा युनाइटेड खर्साङ एफसीसँग खेल्नेछ । यस सिजन लगभग सबै जसो गोल्डकपहरुमा प्रतिस्पर्धा गरिरहेको चर्च ब्वाइज र एनआरटीले दुई चर्चित फुटबल प्रतियोगिताको साय जुध्दा पनि दुवैतिर सहभागी भएको हो ।

    मंसिर यता चर्च ब्वाइजले ४ वटा नकआउट प्रतियोगिताको फाइनल खेल्दा दुई फाइनल एनआरटीविरुद्ध नै थियो । जसमा दुवैले एक–एक फाइनल जितेका थिए । चर्च ब्वाईजले झापा कप र फाल्गुनन्द गोल्डकपको उपाधि जित्दा इलाम गोल्डकप र सिक्किमका गभर्नस गोल्डकपमा भने उपविजेता बनेको थियो ।

    एनआरटीले इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई ३–० ले हराएर उपाधि जितेको थियो भने झापा कपको फाइनलमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ ले हराएर उपाधि जितेको थियो । चर्च ब्वाइजले पाँचौं फाइनलको रुपमा शनिवार बुढासुब्बा गोल्डकपको फाइनल खेल्नेछ ।

    चर्च ब्वाइज र एनआरटीले केही दिन अघि काठमाडौंमा भएको प्रथम सभापति कपमा पनि प्रतिस्पर्धा गरेको थियो । जहाँ एनआटीले सोमिफाइनलसम्मको यात्रा तय गर्दा चर्च ब्वाईज पहिलो खेलमै पराजित भएको थियो ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6