Above Article Ad
  • रेडक्रस उपशाखा पुनर्वासद्वारा जाजरकोट र रुकुमका भुकुम्प पिडितहरुलाई राहत संकलन

    Above Article Content Ad
  • पुनर्वास -जाजरकोट तथा पश्चिम रूकुमका भुकम्प पिडितलाई सहयोग पुर्‍याउने उद्देश्यले पुनर्वासमा राहत संकलन गरिएको छ ।
    नेपाल रेडक्रस सोसाइटी उपशाखा पुनर्वासले गत तिन दिन यता १ लाख १४ हजार ५ सय ९१ रूपैया संकलन गर्न सफल भएको छ ।

    शुक्रबार रेडक्रस सोसाइटी पुनर्वास उपशाखा अध्यक्ष कृष्णबहादुर तामाङको अध्यक्षतामा बैठक बसी संकलन भएको रकम शुक्रबार नै कञ्चनपुर रेडक्रस जिल्ला शाखा पठाईएको उपशाखाका सचिव रूपेश खरेलले बताए ।
    रेडक्रस उपशाखा पुनर्वासले गत तिनदिन देखि स्थानीय क्षेत्रका पुनर्वास नगरपालिका-६,प्रतिभानगर बजार, पुनर्वास नगरपालिका- ३ आई.बी.आर.डी. बजारक्षेत्रबाट ५० हजार २ सय ८० र विभिन्न निजि तथा सामुदायिक बिद्यालय अन्तर्गत जुनियर रेडक्रस सर्कल , युवा रेडक्रस सर्कल तथा शिक्षहरूबाट ६४ हजार ३ सय ११ गरि १ लाख १४ हजार ५ सय ९१ रकम संकलन भएको शाखा अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए ।
    रेडक्रस उपशाखा पुनर्वासले मनकारी सहयोगीहरूलाई स्व:स्फूर्त रूपमा राहत सहयोग गर्न समेत अपिल गरेको छ ।
    कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दू भएर  गएको भूकम्पले जाजरकोट र रुकुममा ठुलो जनधनको क्षति गरेको थियो ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button