Above Article Ad
  • घरमा साङ्ला किन पर्छ ? जान्नुस् कारण र नियन्त्रण उपायहरू

    Above Article Content Ad
  • साङ्ला कसरी फैलिन्छ?
    साङ्ला फैलनका लागि अत्यन्तै अनुकूल वातावरण हुन्छ घरभित्र। विशेषगरी फोहोर, खुला खाना, ओसिलो स्थान, नाली वा ढलजस्ता ठाउँबाट साङ्ला घरमा पस्छ।

    फोहोर स्थान र ढलमार्फतः
    साङ्ला ढल, नाली, बेसिन, ट्वाइलेट र बाथरुमजस्ता फोहोर तथा ओसिलो स्थानमा बढी पाइन्छ। त्यहाँबाट खाना पकाउने स्थान, कोठा, स्टोररुमसम्म साङ्ला विस्तारै फैलिन्छ।

    Article inline ad #1
  • सामान तथा लुगामार्फतः
    बजारबाट ल्याइने ग्रोसरी सामान, अण्डाको क्रेट, फोहोर लुगा, पुराना बाकस वा प्याकेजहरू साङ्ला ल्याउने स्रोत हुन्।

    Article inline ad #2

    प्रजनन क्षमताः
    एक पटक अण्डा दिएको साङ्लाले सयौं साना साङ्ला जन्माउँछ। त्यसैले एक-एक साङ्लाले पनि छिट्टै पूरै घरमा फैलन सक्छ।

    साझा स्थान र वातावरणबाटः
    अपार्टमेन्ट, रेन्टल कोठा, होटल, रेस्टुरेन्टजस्ता स्थानमा साङ्ला एक ठाउँबाट अर्कोमा सहजै फैलन्छ। फोहोर उठ्ने ठाउँ, ढल फोहोर व्यवस्थापनको कमी भएमा संक्रमणको स्रोत बनिन्छ।

    साङ्लाले के–के रोग सार्न सक्छ?
    साङ्ला आफैँ रोगको मुख्य कारण नभए पनि रोग सार्ने माध्यमको रूपमा खतरनाक हुन्छ। डाक्टर तथा स्वास्थ्य विज्ञहरूका अनुसार साङ्लाबाट निम्न रोगहरू फैलन सक्छन्:

    फुड पोइजन 
    साङ्लाको शरीरमा हुने सैल्मोनेला जस्ता ब्याक्टेरियाले खाना दूषित पार्छ। त्यसले उल्टी, पेट दुख्ने, झाडापखाला, बान्ता आउनेजस्ता समस्या ल्याउँछ।

    झाडापखाला 
    फोहोर खाना र पानीमा साङ्लाले ब्याक्टेरिया सारेर पाचन प्रणालीमा संक्रमण गर्छ। विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन्।

    टाइफाइड
    सङ्ला खुलेको खाना वा भाँडामा बसेपछि त्यसमा Salmonella typhi जस्ता रोगजनक ब्याक्टेरिया फैलिन्छ, जसले टाइफाइडको कारण बन्न सक्छ।

    हैजा 
    ढल र दूषित स्थानमा बस्ने साङ्लाले Vibrio cholerae जस्तो जीवाणु बोक्ने सम्भावना हुन्छ, जसले हैजाको सम्भावना बढाउँछ।

    एलर्जी 
    सङ्लाको मुख र शरीरबाट निस्कने पदार्थ (जस्तै र्‍याल, फोहोर) संवेदनशील व्यक्तिका लागि एलर्जिको कारण बन्छ। छालामा पोल्ने, सुन्निने, चिलाउनेजस्ता लक्षण देखिन्छ।

    सेप्सिस
    Pseudomonas aeruginosa जस्ता जीवाणु साङ्लाको पेटमा हुन्छन्। यी जीवाणु शरीरभित्र छिरेमा गम्भीर संक्रमण (रगतमा संक्रमण) गराउने सक्दछन्।

    छालाको संक्रमण
    साङ्लाबाट सर्ने परजीवी वा ब्याक्टेरियाका कारण छालामा डाबर, घाउ, पोल्ने र चिलाउने समस्या देखिन्छ।

    आँखा सम्बन्धी समस्या
    परजीवीले साङ्लाको शरीरमा अण्डा राख्दा ती अण्डा सँगसँगै हाम्रो आँखा वा छालामा परे संक्रमण गराउन सक्छ, जसले आँखा सुन्निने, पोल्ने वा पानी झर्ने बनाउँछ।

    बच्ने उपायहरू के हुन्?
    साङ्लाबाट फैलिने रोगबाट बच्न केही महत्वपूर्ण सावधानी अपनाउनु आवश्यक छ:
    घरको सरसफाइ नियमित गर्नुहोस्, विशेषगरी भान्सा, स्टोररुम र बाथरुम।
    खाना ढाकेर राख्नुहोस्, फोहोर भाँडा तुरुन्तै धुने।
    ग्रोसरी, अण्डाको क्रेट, लत्ता–कपडा ल्याउँदा पहिले सफा गर्नुहोस्।

    साङ्ला भगाउने औषधि प्रयोग गर्नुहोस्:
    एन्टिरोच जेल,
    रेड हिट स्प्रे,
    बेगन स्प्रे,
    लक्ष्मणरेखा,
    कक्रोच किलिङ बेट आदि।
    ढल, पानी जम्ने ठाउँहरूलाई सफा राख्ने वा बन्द गर्ने।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6