Above Article Ad
  • श्री गौरीशंकर माध्यमिक बिद्यालयको ५३ औं बार्षिकोत्सव समारोह सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास–पुनर्वासको पुरानो बिद्यालयका रुपमा रहेको गौरीशंकर माध्यमिक बिधालयको ५३ औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
    बुधबार एक भव्य समारोहका बीच सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था,सहकारी तथा कृषि मन्त्री विरबहादुर थापाको प्रमुख आतिथ्यतामा बिधालयको ५३ औं बार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।

    प्रमुख अतिथीको आसनबाट बोल्नुहुँदै कृषि मन्त्री थापाले बिद्यालयको प्रगतीको शुभकामनासँगै मन्त्रीपछि पुनर्वासमै पहिलो सम्मान सो बिद्यालयबाट पाएको सुनाउनुभयो ।उहाँले बिद्यालयको भौतिक सुधारका लागि दुई कोठे पक्की भवन र कृषितर्फका बिधार्थीहरुका लागि पढ्दै कमाउँदै कार्यक्रम लागु गर्न बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । आगामी दिनमा पनि सक्ने सहयोगका लागि आफु तयार रहने उहाँले बताउनुभयो ।

    Article inline ad #1
  • त्यस्तै, कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले बिधालयको भौतिक पुर्वाधारको अभावका कारण पठनपाठनमा समस्या भएको सुनेपछि ४ कोठे पक्की भवनका लागि बजेट छुट्टयाएको बताउनुभयो । उहाँले शैक्षिक सुधार नै आफ्नो पहिलो प्राथमिकता रहेको र यसमा बिधालयका शिक्षकहरुले पनि गुणस्तरी शिक्षा तर्फ जोड दिन अनुरोध गर्नभएको थियो ।

    Article inline ad #2

    त्यसैगरी,नगर उपप्रमुख भुलिया कुमारी रानाले युवायुवतीहरुमा लागुऔषध दुव्र्यसनीका घटना बिधालयमा बिद्यार्थीहरुमा पनि बढ्दो देखिएकाले जनचेतनामुलक कक्षालाई फोकस गर्नुपर्ने बताउनुभयो ।

    गौरीशंकर बिद्यालय आफुले सुन्दा देखि नै शैक्षिक क्षेत्रको अग्रणी र चर्चामा रहेको बिद्यालयको रुपमा सुन्दै आएको उहाँको भनाई छ ।
    पुनर्वास नगरपालिकाका पूर्व नगर प्रमुख जिवनराज थापाले आफु नगर प्रमुख भएका बेला बिधालयको भौतिक तथा शैक्षिक सुधारमा निकै सुधार ल्याएको बताउनुभयो । उहाँले मेरै कार्यकालमा पहिलो कृषि विषय अध्ययनका लागि यस बिद्यालयमा प्राविधिक शिक्षाको समेत सुरुवात गरेको सुनाउनुभयो ।

    बिधालयका शिक्षक रमेश खातीको स्वागत मन्तव्य तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुजाराको सभाध्यक्षमा सम्पन्न समारोहको बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा रहनुभएको थियो । भने अतिथीमा पुनर्वास नगरपालिकाकै नगरउपप्रमुख भुलिया राना र पूर्व नगर प्रमुख जिवनराज थापा, पुनर्वास–५ का वडाध्यक्ष पदम रोकाया लगायतका थुप्रै व्यक्तित्वहरु आसिन हुनुहुन्थ्यो ।

    बिधालयले शिक्षकद्वोय रोम शाही र गणेश थापालाई यस वर्षको उत्कृष्ट शिक्षकका रुपमा घोषणा गरी फुलमाला,अबिर,दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको थियो ।

    बिद्यार्थीहरुको गायन,नृत्य र कराँतेको प्रस्तुती रहेको समारोहमा प्रधानाध्यापक लोकबहादुर थापाले बिद्यालयको वार्षिक प्रतिवेदनमा आर्थिक र भौतिक तथा शैक्षिक अवस्थाको जानकारी गराउनुभएको थियो । भने कार्यक्रमलाई सञ्चालन शिक्षकद्वोय दिर्घराज घिमिरे र भक्तबहादुर रोकायाले गर्नुभएको थियो ।May be an image of 10 people and daisMay be an image of 3 peopleMay be an image of 13 people and templeMay be an image of 9 peopleMay be an image of 3 people and treeMay be an image of one or more peopleMay be an image of 4 peopleMay be an image of 8 people and text that says 'mn'May be an image of 6 people and text

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button