Above Article Ad
  • डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीन मृत्यु

    Above Article Content Ad
  •  काठमाडौं – भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ ।

    मृत्यु हुनेमा चालक बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका अर्जुन धामी, उज्वल जाग्री र जगत धामी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडर, डोटीले जनाएको छ ।

    Article inline ad #1
  • धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

    त्यसको जानकारी पाउनासाथ प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो । घटनास्थल बुडरबाट ११ किलोमिटर उत्तर पर्दछ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by