Above Article Ad
  • अत्तरीयाको लोटस आई माबिले पुर्ण छात्रबृतिमा हेमालाई पढाउदै

    Above Article Content Ad
  • दार्चुलाको ब्यास गाउँपालिका वडा नम्वर ५ धौलाकोट निवाशी कृष्णा नन्द बडू चार वर्ष अगी वैदेशिक रोजगारीका लागि (युनाइटेड अरब इमरेड्स) दुबई पुग्नु भयो । रोजगारीकै सिलसिलामा उहाँको बि.सं. २०७९ साल कातिक ६ गते रहस्यमय मृत्यु भयो । उहाँको मृत्युपछी उहाँका छोरा प्रेम राज बडू आफ्नो बुवाका मृत्युको कारण खोज्दै लामो समय सरकारी निकायमा धाउनु भयो । तर मृत्यु कसरी भएको भन्ने विषयमा अहिले सम्म कुनै जानकारी नआएको उहाँले बताउनुभयो ।
    पढाइका लागि आमासँग तराई झरेका प्रेम राज बडु र उहाँकी बहिनि हेमा बडुलाई आर्थिक अभावले पढाइ नै छोड्नु पर्ने अवस्था सिर्जना भएको छ । अहिले उहाँहरू गोदावरी नगरपालिका वडा नं २ मा डेरामा बस्दै आउनु भएको छ । आर्थिक अभावले पढाइ छोड्नुपर्ने अवस्था सिर्जना भएको विषयको विद्यार्थी नेता पुष्प राज सुवेदीले थाहा पाएपछी उहाँको पहलमा अहिले हेमा बडुको अत्तरीयाको लोटस आई माध्यमिक विद्यालयमा पुर्ण छात्रवृतीमा भर्ना गरीएको छ । हेमालाई कक्षा ६ देखि कक्षा १२ सम्म पूर्ण छात्रवृत्तिमा बिद्यालयले पढाउने भएको उहाँले जानकारी दिनुभयो । यसबाट बडु परिवारले ठूलो राहत महसुस गरेका छन्।
    यस्तै हेमा लाई पछिल्लो समय सहयोग समेत जुट्न थालेको छ । अत्तरिया लोटस गल्लीमा रहेको विशाल सुट हाउसले उहाँको पढाइमा सहजताका लागी २ थान बिद्यालय पोसाक, शैक्षिक सामग्रीहरु र नगद दुई हजार आर्थिक सहयोग गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • सम्पादक

    Share a little biographical information to fill out your profile. This may be shown publicly.
    Below Comments Ad
  • Back to top button