Above Article Ad
  • पुनर्वासमा श्री कालिका मन्दिर श्रीमद्भागवत सप्ताह महायज्ञ सुरु

    Above Article Content Ad
  • पुनर्बास -कञ्चनपुरको पुनर्बास नगरपालिकामा श्री कालिका मन्दिर श्रीमद्भागवत सप्ताहा महायज्ञ सुरु भएको छ ।

    पुनर्वासको वार्ड नम्बर ४ को वार्ड कार्यालय भित्र रहेको कालिका मन्दिरको स्तोरन्नती गर्न भागवत सप्ताहा लगाईएको आयोजकले जनाएको छ । भागवत सप्ताहा उदघाटन कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    Article inline ad #1
  • महायज्ञमा सबैले सहयोग गर्न उहाँले अनुरोध गर्नु भयो। वार्ड कार्यालय भित्रै मन्दिर हुन अनि सोही मन्दिरमा यसरी भागवत लगाउन पाउनु हामि सबैको पुण्यको काम भएको उहाँले बताउनुभयो । पुनर्वास आफैमा पुण्यको भुमी भएको बताउदै नगर भित्र दिब्यधाम, कोटिहोम, भकुण्डा, सिद्धदेबि मन्दिरहरुले आफ्नो क्षेत्रको गौरब भएको उहाँले बताउनुभयो । यस्तै सप्ताहा उदघाटन कार्यक्रममा बोल्दै पुनर्वास ४ का वार्ड अध्यक्ष मनोज जैशीले आफ्नो पालीकाको विकासमा धार्मीक पर्यटनले टेवा पुग्ने बताउनुभयो । उहाँले महायज्ञ सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    Article inline ad #2

    उहाँले सबैलाई आआफ्नो ठाउँबाट मन्दिरको बिकासमा सहयोग गर्न समेत आग्रह गर्नुभयो । श्री कालिका मन्दिर श्रीमद्भागवत सप्ताहा महायज्ञ बुधबार बाट पुनर्वास ४ मा सुरु भएको महायज्ञ सञ्चालन समितीका अध्यक्ष दिप बहादुर शाहिले जानकारी दिनुभयो । श्रीमद भागबत सप्ताहा बैशाख ५ गते सम्म सञ्चालन हुनेछ । मन्दिरको श्रर्वाङ्गीण विकास र स्तोरन्नती लागी श्रीमद भागबत सप्ताहा ज्ञान महायज्ञ सञ्चालन गरीएको उहाँले बताउनुभयो । भागवत उदघाटन पुर्ब झाकी बाजागाजा सहित कलश यात्रा निकालिएको थियो । सो कलस यात्रा बिश्व कल्याण कोटिहोम धाम पुगेर पुन कार्यक्रम स्थलमा पुगेको थियो ।

    श्री कालिका मन्दिर श्रीमद्भागवत सप्ताहा महायज्ञ प्रमुख कथा बाचक पण्डित प्रमोद प्रसाद पौडेल रहनुभएको छ । यस्तै सप्ताहामा उपकथा बाचक चेतन अधिकारी रहनु भएको छ । सप्ताहामा दैनिक रुपमा धनधान्याञ्चल तथा १ हजार ८ शालिग्राम पुजा, श्रीमद भागबत पुजन साथै दैनिक रुद्रीपाठ परायण, दिउसो प्रबचन, भजन कृतन, दिब्य झाँकीलिलाहरु हुने आयोजकले बताएको छ ।

    यस्तै हरेक दिन राती १० बजेसम्म शिवचर्चा, भजन कृतन, दिब्य झाँकीहरु प्रस्तुत गरीने र बिहान ५ बजे देखि योगा शिबिर संचालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्वागत मन्तब्य देबि लोहनीले गर्नु भएको थियो भने शुभकामना मन्तब्य धनबिर मोक्तानले गर्नु भएको थियो । यस्तै कार्यक्रमको संचालन बिष्णु अधिकारीले गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button