
नेपाल नगरपालिका कर्मचारी एशोसियसनको सु.प. प्रदेश अध्यक्षमा तामाङ र केन्द्रिय सदस्यमा ढकाल सर्वसम्मत
काठमाडौँ, २५ भाद्र ।
नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
“स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ भाद्र २३ र २४ गते कलंकी काठमाडौमा सम्पन्न भएको राष्ट्रिय महाधिवेशनबाट सुदुरपश्चिम अध्यक्षमा लालमन तामाङलाई सर्वसम्मत चयन गरिएको हो ।
त्यस्तै अधिवेशनबाट १ नं प्रदेश अध्यक्षमा त्रिलोचन पौडेल, मधेश प्रदेश अध्यक्षमा अजय कुमार शर्मा, वागमती प्रदेश अध्यक्षमा निरन श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्षमा अरुण पौडेल र लुम्विनी प्रदेश अध्यक्षमा राजन कुमार केसीलाई चयन गरिएको थियो ।
यसैगरी केन्द्रिय सदस्यहरुमा ओमनाथ ढकाल, निर्मला बस्नेत, निरन्जनकुमार क्षत्री, ज्ञानप्रसाद अर्याल’, ठगिश्वर पोखरेल. मधुसुधन घर्ती, बद्रीप्रसाद रिमाल, संजयकुमार ढुंगाना,सञ्जिवकुमार सिंह, भिमबहादुर विश्वकर्मा, शुशिल कर्ण, अमर राय, र पदमराज श्रेष्ठलाई चयन गरेको हो ।
छैठौ राष्ट्रिय महाधिवेशन आयोजक समितीका संयोजक राजकुमार थापाको अध्यक्षता तथा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यन्जुको प्रमुख आतिथ्य रहेको उद्घाटन कार्यक्रमको विशिष्ट अतिथिमा संगठनका पुर्व अध्यक्ष इन्द्र प्रसाद अधिकारी, पुर्व संयोजक श्रीराम आचार्य, पुर्व उपाध्यक्ष रुपेश बोडे श्रेष्ठ तथा सल्लाहकार त्रिलोचन पौडेल आसिन रहेका थिए ।
देशभरि भरका सबै नगरपालिकाबाट उपस्थित प्रतिनिधि, पर्यवेक्षकहरुको भव्य उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संगठनका केन्द्रीय सदस्य सोहन थापाले गरेका थिए ।