Above Article Ad
  • कञ्चनपुरको डोकेबजारबाट सात दिन चौबीसै घण्टा सिमा पैदल गस्ती कार्यक्रम सुरु

    Above Article Content Ad
  • कञ्चनपुर : कञ्चनपुरमा सात दिन चौबीसै घण्टा सिमा पैदल गस्ती कार्यक्रम सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी नंम्वर ३५ गण झलारीको आयोजनामा कञ्चनपुरको पुनर्वास ११ डोकेबजार बाट कार्यक्रम सुरु भएको हो ।

    प्रत्येक प्रदेशमा एक टोली नियमीत रुपमा सिमा क्षेत्रको गस्तिमा रहने गरि परिचालन गरीएको गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । संगठनको योजना अनुसार चैत्र २५ गते बाट २४ सै घण्टा सिमामा परिचालन हुनेगरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पैदल गस्ती कार्यक्रम सुरु भएको छ । सिमास्तम्भ नम्बर ७५२÷७ बाट सुरु भएको कार्यक्रम सशस्त्र प्रहरी निरिक्षक खगेन्द्र बहादुर चन्दको कमान्डमा ३५ जनाको टोली रहेको छ ।

    Article inline ad #1
  • सात दिन चौबीसै घण्टा सिमा पैदल गस्ती कार्यक्रमबाट सिमा स्तम्भ र दशगजाको अबस्था अध्यावधिक गर्ने, सिमावर्ती ईलाकाको राजनैतिक, सामाजिक, धार्मिक, साँस्कृतिक स्थितीको बारेमा जानकारी गर्ने उद्देश्य रहेको सशस्त्र प्रहरी उपरिक्षक चन्दले जानकारी दिनुभयो । यस्तै सिमा क्षेत्रमा हुनसक्ने अपराधको अवस्था, राजस्व चुहावट नियन्त्रण र सिमा बासीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्नुका साथै सिमा सम्बन्धि आवश्यक सुचना हासिल गर्न सहजता हुने भएकाले यो अभियान सञ्चालन गरीएको उहाँले बताउनुभयो ।

    Article inline ad #2

    यस अभियानले बिपद जोखिम न्यूनीकरण, मानव बेचबिखन, लागू औषध तथा सिमा अपराध सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्नुका साथै स्थानीय जनप्रतिनिधि,अन्य निकाय र समकक्षीहरु संग भेटघाट तथा अन्तरक्रिया हुने छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button