Above Article Ad
  • “ओइ कान्छी” सार्वजनिक पछि थप चर्चामा टिकटक स्टार लोकेश पाल (झोले)

    Above Article Content Ad
  • पुनर्वास- दशकमै देशमै चर्चामा चुलिएका टिकटक स्टार लोकेश पाल ठकुरी (झोले) यतिखेर देशमै विख्यात छन् ।

    लकडाउनको विषम परिस्थितिलाई भुलाउनको लागि हाँस्य विधालाई आधार बनाएर सामाजिक सञ्जालमा देखापरेका पाललाई दर्शकहरुले उनको झोले प्रस्तुुतिलाई निकै मन पराए । माया पाएर हौसिएका लोकेश पालले हाँस्यसँगै ब्यँग्यलाई पनि आफ्नो प्रस्तुतिमा मिश्रण गर्न थालेपछि उनी गाउँ, शहर हुँदै देशमै विख्यात भएका हुन् ।

    Article inline ad #1
  • उनै विख्यात टिकटक स्टार लोकेश पाल ठकुरी (झोले)ले ‘ओइ कान्छी’ बोलको म्युजिक भिडियो बजारमा ल्याएर उनी फेरि पनि चर्चामा चुलिएका छन् ।
    सुदूरकी चर्चित देउडा गायिका रेखा जोशीको स्वरमा सजिएको उक्त गीतमा गायक ईश्वर ओझाले साथ दिएका छन् भने गायक ओझाको शब्द र डिल्लिराज जोशीको संगित रहेको उक्त गीतको म्युजिक भिडियो ईश्वर ओझा युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो ।

    Article inline ad #2

    निर्देशक रमेश बिजुली बि.सी.द्वारा निर्देशन गरिएको उक्त भिडियोमा लोकेश पाललाई मन्नु भट्टले अभिनयमा साथ दिएकि छिन् । माला श्री स्टुडियोले एरेञ्ज गरेको गीतको म्युजिक भिडियोको छायांकन दया चौधरीले गरेका हुन् ।
    टिकटक स्टार लोकेश पालका अनुसार ‘ओइ कान्छी’ बोलको गीतमा प्रेमील गायन शैली छ, त्यो मनमोहक छ । प्रेमील जोडीको वास्तविकतामा छायांकन गरिएको सो म्यूजिक भिडियोलाई दर्शकहरुले मनग्गे रुचाउनेमा उनी ढुक्क छन् । करिब ६ मिनेट ४५ सेकेण्ड लामो उक्त भिडियोमा टिकटक स्टार पालको स्टारडम मज्जाले देख्न पाइन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6