Above Article Ad
  • जिल्ला स्तरीय यु-१३ छात्र/छात्रा फुटबल खेलाडी छनौट प्रतियोगिता पुनर्वासमा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुर जिल्ला फुटबल संघद्वारा आयोजना गरिएको जिल्ला स्तरीय यु-१३ छात्र/छात्रा फुटबल खेलाडी छनौट प्रतियोगिता पुनर्वासमा सम्पन्न भएको छ ।

    चैत २१ र २२ गते पुनर्वास नगरपालिका-५ स्थित न्यु भानु युवा क्लबको खेलमैदानमा सञ्चालन गरिएको यु-१३ छात्र/छात्रा फुटबल खेलाडी छनौट प्रतियोगिता बिहिबार सम्पन्न भएको हो ।

    Article inline ad #1
  • पुनर्वास-बेलौरी-बेलडाँडीबाट ७२ जना छात्र र ४ जना छात्रा खेलाडीहरुको सहभागिता रहेपनी उत्कृष्ट खेल प्रदर्शनमा १३ छात्र र १ छात्रा छनौट भएको ग्रासरुट फुटबलका प्रशिक्षक हिमाल मल्लले जानकारी दिए ।

    Article inline ad #2

    छनौट भएका खेलाडीहरुमा बिशाल्ल शाही, उत्सव कुमार तामाङ, सुमन सुनार, आयुष सुनार,शिशिर बोहरा, आकाश पेला, अनिल बडुवाल, सुदिप ठकुरी, चक्र बिष्ट, विक्रम सार्की, जुनम तामाङ,निशान्त सुनार, आरबिन जेठारा र स्वस्तिका वली हुन् ।

    कंचनपुरको दक्षिणी क्षेत्रका खेलाडीहरुको छनौट पुनर्वासमा भएको थियो । भने अन्य पालिकाका खेलाडीहरुको छनौट महेन्द्रनगरमा गरिएको प्रशिक्षक मल्लले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by