Above Article Ad
  • पुनर्वासमा “जेष्ठ नागरिक स्मृती एवम् सम्मान कप” वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फुटबल प्रतियोगिता हुने

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा “जेष्ठ नागरिक स्मृती एवम् सम्मान कप” वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । पुनर्वास ३ खेलकुद विकास समिति ( कालिका युबा क्लव र राम युबा क्लब ) को आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको राम युबा क्लबका अध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनुभयो । प्रतियोतिता चैत्र २४ गतेदेखि संचालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।प्रतियोगितामा वडास्तरीय खुल्ला र भेट्रान गरी दुईखेल एकै समयमा हुने छन् । भेट्रान तर्फ २०८० चैत्र २३ गते ३९ वर्ष पूरा भएको हुनुपर्ने आयोजकले जनाएको छ । दुबै विधातर्फ रु. पाँच हजार इन्ट्री शुल्क तोकीएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । दुबै विधाको खेलमा चैत्र २२ गते सम्म टिम दर्ता गर्ने समय तोकिएको छ भने चैत्र २३ गते खेल तालिका सार्वजनीक गरीने आयोजकले जनाएको छ । 
    यस्तै वडास्तरीय खुल्ला प्रतियोगीतामा विजेता टीमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने छ । भने उपविजेता टीमले ६१ हजार १ सय ११ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने छ । यस्तै म्यान अफ द म्याचले प्रत्येक खेलमा एक हजार रुपैया प्राप्त गर्ने छ । यता भेट्रान खेलतर्फ विजेता टीमले २१ हजार १ सय ११ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने छ । भने उपविजेता टीमले ११ हजार १ सय ११ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ द म्याचले प्रत्येक खेलमा पाँच सय रुपैया प्राप्त गर्ने छ ।
    प्रतियोगिताका खेलहरु विश्व फुटबल महासंघ फिफाद्वारा पारित नियम अनुसार खेलाईने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा अध्यक्षता कालिका युबा क्लबका अध्यक्ष राम बहादुर तामाङ र राम युबा क्लबका अध्यक्ष भिम बहादुर तामाङले गर्नुभएको थियो । यस्तै कार्यक्रममा प्रमुख अतिथि पुनर्वास ३ का कार्यबाहक वडा अध्यक्ष श्री बम बहादुर तामाङ रहनु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष दाउत तामाङ र सदस्य सुक बहादुर तामाङ रहनुभएको थियो । कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सचिब लालमन तामाङले गर्नुभएको थियो ।

     

    Article inline ad #1
  •  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button