Above Article Ad
  • पुनर्वासका क्यान्सर पीडित सुभाष लामाद्वारा सहयोगको अपील

    Above Article Content Ad
  • कञ्चनपुर, ८ चैत ।
    पुनर्वासका क्यान्सर पीडित सुभाष लामाले आफ्नो ज्यान बचाईदिन आग्रह गर्दै आर्थिक सहयोगका लागि सबैसँग अपील गरेका छ्न ।
    पुनर्वास २ दशरथ बस्तीको चिनी मिल नजिकै बसोबास गर्दै आएका सुभाष लामा ज्याला मजदुरी गर्दै जसोतसो परिवार पालिरहेका थिए । तर करीब तीन महिना अघिदेखि मुख र घाँटीमा घाउ देखियो । सामान्य घाउ होला भनेर गाउँघरमै सानोतिनो उपचार गर्दा सन्चो नभएपछि घरमा रहेका बाख्रा कुखुरा बेचेर तथा रिण गरी चेक गर्दा क्यान्सर भएको पत्ता लाग्यो । बिमारी पत्ता लगाउँन विभिन्न अस्पतालमा चेक गर्दा नै उहाँको एक लाख भन्दा बढी खर्च भैसकेको छ ।
    आर्थिक रुपले अत्यन्त जर्जर अवस्थामा रहेका क्यान्सर पीडित लामाको सम्पत्तिको नाममा जम्मा आधा कट्ठा जमीन मात्र रहेको छ । जहाँ उनको सानो घर छ । चारवटा ससाना छोराछोरी, श्रीमती र वृद्ध बुवा आमाका एक्लो साहाराका रुपमा रहेका सुभाष लामालाई क्यान्सर लागेको खबरले परिवारमा ठूलो विपत्ति आएको छ ।
    आफुलाई उपचारका लागि करिब पन्ध्र लाख खर्च हुने डाक्टरले बताएको तर घरमा बिहान बेलुकीको छाक टार्न नै गाह्रो परिरहेको अवस्थामा त्यति ठूलो रकम जुटाउन असम्भव भएको कारणले देशभित्र र बाहिर बस्नुहुने सम्पूर्ण दयालु मनहरुसंग क्यान्सर पीडित लामाले सहयोगको लागि अनुरोध गरेका छ्न ।
    उहाँलाई तल दिईएको खातानम्बरमा आर्थिक सहयोग गर्न सकिन्छ ।
    नाम: सुभाष लामा
    खातानम्बर: 1840227907800617
    NMB bank शाखा आईबिआरडी कञ्चनपुर
    फाेन न. 9809493422

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by