Above Article Ad
  • पाटेबाघका लागि प्रख्यात मानिन्छ शुक्लाफाँटा निकुञ्ज

    Above Article Content Ad
  • कञ्चनपुर-शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ। निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन्। विश्वको दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात मानिएको छ।

    ‘यहाँ बाघका लागि आहारा र बासस्थानको उचित वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्’, वाग्लेले भने, ‘निकुञ्जमा कोर एरिया व्यवस्थापन प्रभावकारी छ, यहाँ १०० बढी पानीका ताल छन् त्यसकारण बाघको आहारा बढेकाले सङ्ख्यामा वृद्धि भएको हो।’उनले शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र निकुञ्जभित्र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको बताए। उनका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रूपमा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन्।

    Article inline ad #1
  • ‘निकुञ्जभित्र जैविक विविधताले भरिपूर्ण प्राकृतिक ताल र कृत्रिम तालहरू पनि छन्’, सूचना अधिकारी वाग्लेले भने, ‘यसले वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन।’ निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन्। चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको निकुञ्जले जनाएको छ ।

    Article inline ad #2

    “विदेशी पर्यटकलाई हवाई भाडामा पनि झण्डै दोब्बर छ। सबै देशका नागरिकलाई समान भाडादर हुनुपर्नेमा त्यसो हुन सकेको छैन, त्यसकारण पनि पर्यटक काठमाडौँ, पोखरा र चितवनसम्म पुगेर फर्किने गरेका छन्’, वाग्लेले भने, ‘पर्यटक लक्षित विभिन्न टुरप्याकेज बनाउनुका साथै निजी क्षेत्रको लगानी बढाउन जरुरी छ।’ सूचना अधिकारी वाग्लेका अनुसार निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् भने ४४ वटा पाठेबाघ छन्। विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानका रूपमा निकुञ्जको विशेषता रहेको उनको भनाइ छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6