Above Article Ad
  • पुनर्वास नगरपालिकाको पुननिर्माणका लागि अलंकार पब्लिक स्कुलले १५ हजार सहयोग गर्ने

    Above Article Content Ad
  • पुनर्वास– भदौ २४ गते जेन-जी युवाहरूको आन्दोलनका नाममा केही युवाहरूको जत्थाले अराजकता शैलीमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका कार्यालयका भवन र सवारी साधनमा पूर्ण क्षति पुर्‍याएको थियो ।

    नगरपालिकामा तोडफोड र आगजनीपछि केहीले सुरक्षित साथ नगरपालिकाभित्रका विभिन्न सामानहरू आफ्ना घरमा सुरक्षित राखेका थिए। अहिले नगरपालिकाले सामान सङ्कलन र नगरपालिका सरसफाई अभियानलाई तीव्रता दिएको छ।

    Article inline ad #1
  • नगरपालिकाले जनतालाई छिटो सेवा प्रवाह गर्ने उद्देश्यले  सरसफाई अभियान चलिरहँदा नगरपालिकाकै अधिकृत शंकर बोगटीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा नागरिक स्तरबाट नगरपालिकालाई सहयोग माग्दा कस्तो हुन्छ भन्ने विचार व्यक्त गरेका थिए। सोहि विचारमा थुप्रै व्यक्ति तथा निजी शैक्षिक संस्थाहरूले  सहयोग गर्ने घोषणा समेत गरेका छन्।

    Article inline ad #2

    कञ्चनपुरको पुनर्वास नगरपालिका-८ स्थित श्री अलंकार पब्लिक स्कुलले नगरपालिकाको पुननिर्माणका लागि १५ हजार सहयोग गर्ने घोषणा गरेको छ।

    स्कुलका प्रिन्सिपल पुष्पराज ओझाले नगरपालिका जलाइनु आफ्नो सम्पत्ति जलाइनु सरह भएका कारण आफूले सहयोग गर्न तयार रहेको बताए ।

    व्यवस्था परिवर्तनका लागि गरिएको जेनजी आन्दोलन सही भएपनि सरकारी तथा निजी भौतिक संरचनामाथिको आक्रमणले युवाहरूको अराजकता प्रष्ट भएको उनको भनाइ छ।

    ” क्षतिपछि पुननिर्माणका लागि हामी सबै पुनर्बासीहरू अझै एकजुट हुनैपर्छ। नगरपालिका हाम्रो नजिकको सरकार हो। सधै हामी नगरपालिकाबाट अपेक्षा राख्थ्यौ,अब यस्तो विषम परिस्थितीमा  नगरपालिकालाई हाम्रो सहयोग अपरिहार्य छ । “उनले भने,

    आक्रमणबाट नगरपालिकाका दुईवटा भवन, दुईवटा कार, मोटरसाइकलमा तोडफोड र आगजनीभएको थियो भने अन्य वडाका भवन र सवारी साधनमा पनि आंशिक क्षति पुर्‍याएको थियो ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by