
पुनर्वासमा बाढी जन्य बिपदबाट हुने क्षती न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास गरियो
केशब भट्टराई, पुनर्वास । कंचनपुरको पुनर्वास नगरपालिकामा बाढी जन्य बिपदबाट हुने क्षती न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित विपद् जोखिम ब्यवस्थापनमा सवलताका लागि सहकार्य (STRONG IN DRM) परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोगमा उक्त कार्यक्रम गरिएको थियो । बिपद्को समयमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि यो कार्यक्रम निकै फलदायी हुने सहभागीहरुले बताएका छ्न ।
बाढी जन्य विपद् बाट हुनसक्ने जोखिम न्यूनीकरणका लागी पुर्ब सुचना पुर्ब तयारी प्रतिकार्य तथा पुनर्स्थापना र एकद्वार प्रणालीबाट राहत बितरण गर्ने सवालमा स्थानिय सरकारले निभाउनु पर्ने भुमिकालाई सहयोग हुने नितिगत ब्यवस्थामा भएका सबल तथा दुर्बल पक्षहरुको बारेमा पहिचान गर्नका लागि कृत्रिम घटना अभ्यास मुख्य सिकाई बनेको उनिहरुले बताएका छन् । कार्यक्रममा स्थानीय विपद् ब्यवस्थापन समितिका फोकल पर्सन ओमनाथ ढकालले कृत्रिम घटना अभ्यासका बेला देखिएको समस्या र चुनौतीहरु विपद्का बेला नहुन भन्न सिकाई भएको बताउनुभयो । अघिल्लो बर्ष दोदा नदिमा आएको बाढीको उदाहरण दिदै कुनैपनी घटनाको तुरुन्त रेस्क्यु गर्न आफुहरु तम्तयार अवस्थामा रहेको समेत उहाले बताउनुभयो ।
आफुहरुले विपद्का बेला आवश्यक पर्ने सामाग्रीहरु समेत खरिद गरि राख्नुका साथै सुरक्षा निकाएका प्रमुखहरु संग पनि छलफल गरेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै कंचनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले विपद्का बेला पहिलो प्राथमिकता मनिसको जीवन रक्षा हुने भएकाले पनि आफुहरु सदैब संबेदनसिल भएर काम गर्ने बताउनुभयो । त्यसैले पनि कृत्रिम घटना अभ्यास महत्त्वपूर्ण सिकाई बन्ने उहाँले बताउनुभयो ।
अहिलेको यो सिकाई अबको केही दिनमा नै काम लाग्न सक्ने भएकाले सबैले सचेत भएर विपद् पुर्ब तयारी र प्रतिकार्यमा एकजुट भएर लाग्न र धनजनको क्षती हुन नदिन आवश्यक रहेको प्रमुख जिल्ला अधिकार अर्यालले बताउनुभयो । कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले प्राकृतिक विपद् जतिबेला पनि आउन सक्ने र सो बाट धनजनको क्षती हुने भएकाले बेलैमा आफुहरु सचेत पुर्ब तयारी अवस्थामा रहेको बताउनुभयो । नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी लगायतलाई जनशक्ति अभाव बाट हुन सक्ने घटना न्यूनीकरणमा कुनै कसर बाकी नराख्न समेत आग्रह गर्नुभयो । हरेक बर्ष दोदा नदिमा आउने बाढिका कारण परिरहेको असर, उद्दारकार्यका लागि पालिकाले बोट र आवश्यक सामाग्री खरिद गरीसकेको बताउनुभयो ।
यता यो वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक मनसुनबाट १२ लाख ५४ हजार १८१ र दुई लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने अनुमान गरिएको छ । त्यसै सन्दर्भमा पुनर्वास नगरपालिकाले पनि कृत्रिम घटना अभ्यास मार्फत जोखिम न्यूनीकरणका लागि सचेतना जगाईरहेका छन।
<span;>कार्यक्रममा पालिकाका जनप्रतिनिधि, सुदुर पश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका बिपद फोकल पर्सन लक्ष्मीराज जोशी, प्रदेस आपतकालीन कार्य संचालन केन्द्र (पि ई ओ सी), जिल्ला आपतकालीन कार्य संचालन केन्द्र (डि ई ओ सी) कैलाली-कंचनपुरका प्रतिनिधि, शाखा प्रमुख, स्थानीय, नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि तथा यु .एन .डि. पि, मर्सिकोर, निड्स र एन.एन.एस.ड्ब्ल्यु का प्रतिनिधि र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।