
पुनर्वासमा हात्तीको बथान उखुबारीमा पस्दा स्थानीय पप्पु रानाको पाँच विगाहा उखु नष्ट
पुनर्वास :कञ्चनपुरको पुनर्वास नगरपालिकामा वार्ड नम्वर १० बिकासबस्तीमा हात्तीले उखुवारीमा क्षति पुराएको छ ।
विहिबार राती बच्चा सहितको हात्तीको बथान उखुबारीमा पसेपछि सो क्षेत्रमा झण्डै पाँच विगाहा क्षेत्रमा लगाएको उखु नष्ट भएको हो ।
स्थानीय पप्पु रानाले बिजय माध्यमिक विद्यालयको जमिन लिजमा लिइ लगाइएको उखुबारी सयौँको संख्यामा हात्तिहरु प्रबेश गरी उखुखेती नष्ट गरेको उहाँले बताउनुभयो । आफुले लगाएको उखु यो क्षेत्रमा कसैको नभएको कृषक रानाको भनाइ छ । आफुले भारतको पञ्जाबबाट उखुको विउ ल्याएर लगाएको भएपनी, अब काट्ने समयमा हात्तिले सबै सखाप पार्दिदा लाखौँ रुपैयाको नोक्सानी भएको उहाँले बताउनुभयो ।
रानाले बिद्यालयको करिब १० बिघा जग्गा लिजमा लिई उखुखेत िगर्नुभएको थियो । सो मध्ये आधा उखुबारीमा हात्तीको बथानले नष्ट गरेको कुण्डा सव डिभिजन बन कार्यालय प्रमुख दिनेश कुमार यादवले बताउनुभयो । भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट नेपाल प्रवेश गरी लालझाडी बन संरक्षण क्षेत्र तर्फ जादै गर्दा स्थानीयको अबरोध र होहल्लाले गर्दा निस्कने बाटो नपाएर हात्तिको ठूलो बथान उखुबारीमा पसि नोक्सान गरेको उहाँले बताउनुभयो ।
विहिबार हात्तिले नोक्सान पुराएको क्षेत्रमा शुक्रबार स्थानीय, जनप्रतिनिधि, वनका प्रतिनिधि, प्रहरी, पत्रकार र उखुमीलका प्रतिनिधी सहितको टोलिले अनुगमन गरेका छ । अनुगमन पश्चात पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले हात्तिबाट भएको नोक्सानीको क्षतीपुर्तीका लागी आफुले पहल गर्ने बताउनुभयो ।