Above Article Ad
  • ट्राफिकलाई कम्प्यूटर र प्रिन्टर हस्तान्तरण

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाले अस्थायी ट्राफिक पोष्ट त्रिभुवनबस्तीलाई कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गरेको छ।
    शुक्रवार एक कार्यक्रमका बिच नगरप्रमुख तोय प्रसाद शर्माले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीको लागी प्रिन्टर सहित कम्प्युटर एक थान र सूचना प्रविधिका समान नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीलाई हस्तान्तरण गरेका हुन् ।

    साउन १ गतेबाट ट्राफिक भ्वाईलेन्ट रेकर्ड सिस्टम (टिभिआरएस) सफ्टवेयर माध्यमबाट जरिवाना बैङ्किङ प्रणाली मार्फत भुक्तानी लिने व्यवस्था गरेपछि अस्थायी ट्राफिक पोष्ट त्रिभुवनबस्तीका प्रमुख जीवन भण्डारीले नगरपालिकालाई आग्रह गरेपछि नगरपालिकाले सो सामाग्री उपलब्ध गराएको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • अब ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक तथा धनीलाई ट्राफिक जरिवाना बापत नगदी रसिद दिएर अनलाइन भुक्तानी गर्न सहज हुने अपेक्षा गरिएको अस्थायी ट्राफिक पोष्ट त्रिभुवनबस्तीका प्रमुख भण्डारीले बताए । सो सामाग्री ग्रहण गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गिरीले देशभरि नै यो प्रणाली लागु भएको एक हप्ता मात्रै भएकाले केही समय असहज भएता पनि अब भने अनलाइन भुक्तानी गर्न सहज हुने बताए ।

    Article inline ad #2
  • उनले ट्राफिक प्रहरीको आग्रहमा यस नगरपालिकाले सो सामाग्री प्रदान गरिएको प्रति धन्यावाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । नगरप्रमुख शर्माले पुनर्वासमा हुने सवारी कारबाहीका लागि बेलौरी पठाउनुपर्ने बाध्यता रहेकोमा अब त्यो समस्या हटाउन नगरपालिकाले ट्राफिक प्रहरीलाई सो सामाग्री हस्तान्तरण गरेको बताए । उनले सो सामाग्रीको दुरुपयोग नगरी उचित प्रयोग र प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button