Above Article Ad
  • श्री अमर गोकुल सामुदायिक वन उपभोत्ता समुहको १६ औं साधारण सभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास
    श्री अमर गोकुल सामुदायिक वन उपभोत्ता समुहको १६ औं साधारण सभा सम्पन्न भएको छ।

    वनका अध्यक्ष मान बहादुर थापाको अध्यक्षता र पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • सामुदायिक वनले साधारण सभा मार्फत आर्थिक बर्ष २०७९/८० मा झण्डै १४ लाख बराबरको आयब्याय प्रस्तुत गरेको थियो । वनले १३ लाख ९९ हजार चार सय उनासी रुपैया पाँच पैसाको आयब्यय प्रस्तुत गरेको हो । आर्थिक बर्ष २०७९/८० मा २ लाख ३९ हजार ८ सय २३ रुपैया बयालिस पैसा नोक्सान भएको श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मान बहादुर थापाले बताउनुभयो ।
    श्री अमर गोकुल सामुदायिक वन उपभोत्ता समुहले आर्थिक बर्ष २०८०/८१ मा १ करोड २६ लाख ८७ हजार ९ सय ८० रुपैयाको आनुमानित आम्दानी हुनसक्ने वन समुहको सचिब सोम बहादुर बानियाले बताउनुभयो । यस्तै साधारण सभाबाट आर्थिक बर्ष २०८०/८१ मा बिपन्न बर्गको लक्षित आय आर्जन कार्यक्रममा ३७.५% अर्थात २७ लाख ३० हजार ३ सय ७५ खर्च हुनसक्ने अनुमान गरिएको छ। यस्तै सस्थागत बिकास, सामाजिक कार्यक्रम तर्फपनि ३७.५% अर्थात २७ लाख ३० हजार ३ सय ७५ खर्च हुनसक्ने उहाले बताउनुभयो । सस्थागत बिकास मध्ये सामाजिक बिकास तर्फ १२.५% अर्थात ३ लाख ४१ हजार २ सय ९६ रुपैया ८५ पैसा खर्च हुने अनुमान गरिएको छ।
    यता सामुदायिक वनले आर्थिक बर्ष २०८०/८१ मा वन बिकास तर्फ २५% अर्थात १८ लाख २० हजार २ सय ५० रुपैया ५० पैसा, प्रशासनिक खर्च तर्फ १२.५% अर्थात ३ लाख ४१ हजार २ सय ९६ रुपैयाँ ८५ पैसा र वन ब्यवस्थापन खर्च तर्फपनी १२.५% अर्थात ३ लाख ४१ हजार २ सय ९६ रुपैयाँ ८५ पैसा खर्च हुने अनुमान गरिएको वनको अध्यक्ष मान बहादुर थापाले बताउनुभयो । । साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले वनको काम गर्दा बिभिन्न सस्थाहरुले पालिका मार्फत साजेदारीमा काम गर्न आग्रह गर्नुभयो । गत बर्षका कामको समिक्षा गर्दै आगामी बर्षको योजना निर्माणमा समूहले काम गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा वन समूह सरक्षणमा सहयोग गर्ने ब्याक्तीहरु, पुर्व अध्यक्ष, उपाध्यक्ष लगायत लाई सम्मान गरिएको थियो । साधारण सभामा कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादव, सिएफसिसि वाणिका प्रतिनिधि नरेश राज भट्ट, सामुदायिक वन उपभोक्ता महासघ नेपालका महासचिव डण्डिराज सुबेदी, पारिवारिक निजि वन सघ सुदुर पश्चिम प्रदेशका अध्यक्ष गगन बहादुर सिह, सामुदायिक प्रदेस महासघका सदस्य पुनाराम चौधरी, नेपाल रेड्क्रस सोसाइटीका जिल्ला सदस्य प्रेम बहादुर थापा, वन सरक्षणकर्मी, प्रहरी, पत्रकार, उपभोक्ता समुह, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button