
पुनर्वासमा दुई चोर मोटरसाईकल र तोरी सहित रंङ्गेहात पक्राउ
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा दुई चोर पक्राउ परेका छन् ।
मंगलबार राती पुनर्वास नगरपालिका–६ स्थित श्रेष्ठ गल्ला खरिद बिक्रि केन्द्रबाट तोरी चोरि गर्दै गर्दा पुनर्वास नगरपालिका–५ का वर्ष ३१ को किसन साउँद र सोहि ठाउँको १८ वर्षको पर्वत साकी रंङ्गेहात पक्राउ परेका हुन् ।
चोरी गर्दै गर्दा भागेपछि उनीहरुलाई तोरी सहित पक्राउ गरिएको थियो । प्रहरीले थप अनुसन्धान गर्दा घरमा लुकाएको अवस्थामा ३ कट्टा तोरी र उनीहरुले प्रयोग गरेको से.१ प. ९७१७ नम्बरको मोटरसाईकल गल्ला खरिद बिक्रिबाटै बरामद गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीले जानकारी दिए ।
प्रहरी निरिक्षक शाहीले किसन साउँदको घर पछाडी लुकाएको अवस्थामा थप अर्को सुपर स्पीलेण्डर मोटरसाईकल समेत नियन्त्रण गरिएको बताए । साउँद केहि वर्ष अघि चोरीकै घटनामा कारागार बसेर धरौटीमा छुटेका थिए ।















