प्याब्सन स्थापना दिवसको अवसरमा पुनर्वासका निजि विद्यालयहरुको सरसफाई अभियान
पुनर्वास- मंगलबार निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३३ औ स्थापना दिवसको अवसरमा देशभरका संस्थागत विद्यालयहरुले विभिन्न कार्यक्रमका साथ मनाएका छन् ।
त्यसैगरी,कंचनपुरको पुनर्वास नगरपालिका भित्रका संस्थागत विद्यालयहरुले पनि फरक-फरक क्षेत्रमा सरसफाई कार्यक्रम गरि प्याब्सनको ३३ औं स्थापना दिवस मनाएका हुन् ।
पुनर्वासको नगरपालिका कार्यालय बाहिरबाट सुरु गरिएको सरसफाइ अभियान पर्यटकीय प्याराताल क्षेत्र,बजार क्षेत्र,मन्दिर,स्वास्थ्य संस्था लगायतका क्षेत्रमा सरसफाई गर्दै विद्यार्थीहरुले आफ्नो फोहोर आफैले व्यवस्थापन गरौं ,सुर्तीजन्य र मदिराजन्य पदार्थको उमेर हेरेर बिक्री वितरण गरौं भन्दै व्यवसायीहरुलाई अनुरोध गरिरहेका थिए ।
कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिह ऎरीले पर्याप्त भौतिक संरचना र तालिम प्राप्त शिक्षक भएपनि वर्तमान समयमा सामुदायिक विद्यालयहरुमा बढ्दो राजनिति र अनुशासन नहुदा संस्थागत विद्यालयहरु प्रती लोकप्रियता बढ्दै गएको बताए ।
स्थापना दिवसको शुभकामना व्यक्त गर्दै च्याउ जस्तै उम्रीएका निजि विद्यालयहरुले गर्दा सेवा भन्दा व्यवसायीक प्रयोजनका लागि मात्रै हो भन्ने टिकाटिप्पणी हुने गरेको उनको भनाई छ ।
त्यसैगरी, प्याब्सन पुनर्वासका अध्यक्ष बालकृष्ण ढकालले प्याब्सन एउटा सामाजिक र परोपकारी संस्था भएको र आज आवद्ध संस्थाहरुका लागि पर्वका रुपमा आजको दिन भएको बताए ।
उनले प्याब्सन कंचनपुरले आज वृद्ध आश्रमलाई सम्मान र खानाखाजा खुवाउने कार्यक्रम आयोजना गरेपनी पुनर्वासमा भने सरसफाइ कार्यक्रम गरिएको जानकारी दिए ।