
नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड : आईतबारका २९ खेलमा १९ पदक सहित पुनर्वास जनता मावि अग्रस्थानमा
Above Article Content Ad
पुनर्वास- पुनर्वासमा जारी नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीतामा आइतबार २९ खेल सम्पन्न भएको छ ।
आइतबार १९ पदक सहित पुनर्वास जनता मावि अग्रस्थानमा छ । पुनर्वास जनता माविले ७ स्वर्ण, ५ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । यस्तै ७ स्वर्ण, र ८ कास्य सहित १५ पदक जितेर जिबन ज्योती माबि दोस्रो बनेको छ ।
यता राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता आयोजना भएको बागीश्वरी माध्यामीक बिद्यालयले भने आइतबार ७ पदकमा चित्त बुझाउनुपर्यो । बागीश्वरी माबिले ट्रिपल जम्प छात्र, चार सय मिटर गुणा चार रिले दौड छात्र र चार सय मिटर दौड छात्र तर्फ गरी ३ स्वर्ण जितेको छ । यस्तै बागीश्वरी माबि ६२ किलो तौल कराते छात्र र ज्याबलिङ थ्रो छात्रा तर्फ गरी २ रजत जित्न सफल भयो ।
बागीश्वरी माबिले भलीबल छात्रा र चार सय मिटर गुणा चार रिले दौड छात्रा तर्फ गरी २ कास्य पदक हात पार्यो । यस्तै सरस्वती माबिले २ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्न सफल भएको छ भने दुर्गा माबिले १ स्वर्ण, ३ रजत सहित ४ पदक जित्न सफल भएको छ । यता राष्ट्रिय माबि अमरबस्तीले ६ पदकमा आइतबार चित्त बुझाउनु पर्यो । उस्ले ६२ किलो तौल कराते छात्र र काता छात्र तर्फ गरी २ स्वर्ण जित्न सफल भयो । राष्ट्रिय माबि अमरबस्तीले चार सय मिटर गुणा चार रिले दौड छात्रा र ५२ किलो तौल कराते छात्र तर्फ गरी २ रजत जितेको छ । यस्तै लामो दौड (३ कि.मी.) छात्र–छात्रा दुबैमा गरेर राष्ट्रिय माबि अमरबस्तीले २ कास्य पदक जितेको छ । यस्तै गौरी शंकर माबिले १ स्वर्ण, ४ रजत र २ कास्य सहित ७ पदक आफ्नो नाम लेखाएको छ ।
राष्ट्रिय माबि बिचफाँटाले १ स्वर्ण पदकमै चित्त बुझाउनुपर्यो । उस्ले १ रजत र ३ कास्य गरी ५ पदकमा जितेको छ । यता विजय माबि र जनकल्याण माविले भने १ स्वर्ण, १ रजत र २ कास्य पदक गरी ४ पदक जित्न सफल भएका छन् । यस्तै ओरेण्ट इङलिस बोर्डीङ स्कुल, युगज्योती एकडेमी, दुर्गा सेकेण्डरी इङलिस स्कुलले एक–एक स्वर्ण पदक जितेका छन् । ओरेण्ट इङलिस बोर्डीङ स्कुलले १ रजत र ३ कास्य जितेको छ भने दुर्गा सेकेण्डरी इङलिस स्कुलले २ रजत पदक जितेको छ । यता रजत पदक विहीन बनेको युगज्योती एकडेमीले १ कास्य जितेको छ भने दुर्गा सेकेण्डरी इङलिस स्कुलल कास्य पदक विहीन बन्यो ।
यस्तै शान्ति माविले १ रजत र १ कास्य गरी २ पदक मात्रै जित्यो । आइतबार भएका खेलमा शान्ति मावि, रामबुद्ध माबि, ब्रिलेण्ट स्टार बोर्डीङ स्कुल, नबयुग माबि र एस.पि.एल. एकडेमी स्वर्ण पदक विहीन बने । यस्तै रामबुद्ध माबिले १ रजत पदकमै चित्त बुझाउनु पर्यो । यता ब्रिलेण्ट स्टार बोर्डीङ स्कुल, नबयुग माबि र एस.पि.एल. एकडेमीले रजत तर्फ कुनै पदक जित्न सकेनन भने कास्य पदक तर्फ एक–एक पदक मात्रै जितेका छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad