Above Article Ad
  • अष्ट्रेलियामा बस्ने शुभाङ्गी कोईरालाद्वारा छोरीको  जन्मोत्सवमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

    Above Article Content Ad
  • पुनर्वास– अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आएका शुभाङ्गी कोईराला र बेनम भट्टराईले छोरीको जन्मोत्सवमा खाद्यान्न सहयोग गरेका छन् ।

    शुक्रबार कञ्चनपुरको पुनर्वास निवासी दिदि भिनाजु तारा कोईराला र शिवहरि खतिवडा मार्फत कान्छी छोरी बेनाया भट्टराईको पहिलो जन्मोत्सवको अवसरमा कैलालीको धनगढीमा अवस्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन् ।

    Article inline ad #1
  • जन्मोत्सवमा अनावश्यक खर्च गर्नुभन्दा कतै असहाय तथा गरिब परिवारलाई सहयोग गरिदिनु भन्ने सालीको आग्रहलाई मानव सेवा आश्रममा पूरा गरेको भिनाजु शिवहरि खतिवडाले जानकारी दिए ।

    Article inline ad #2

    उनले मानव सेवा आश्रमले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सडकमा अलपत्र परेका साहारा विहिन सडक मानवहरुको उद्धार गर्ने उद्धेश्यले २०६९ सालदेखी सञ्चालनमा आएको मानव सेवा आश्रममा हाल १९ जिल्लामा २४ सेवा केन्द्र सञ्चालनमा ल्याईएको धनगढीका संयोजक लोकेन्द्र शाहले बताए ।
    उनका अनुसार सबै शाखामा करिब १७ सय व्यक्तिहरु भएपनि जसमा करिब एक हजार व्यक्तिहरु शारिरिक र मानसिक अवस्था ठिक नभएका छन् ।
    सुरुवातीमा स्थानीय स्तरबाटै सञ्चालनमा ल्याएको सो आश्रमलाई अहिले राज्यबाट पनि केहि प्रतिशत सहयोग प्राप्त हुँदै आएको संयोजक शाहको भनाई छ ।
    त्यसैगरी, हिजोआज जन्मदिन,वैवाहिक वर्षगाँठ र पितृ तिथीमा अनाथालय तथा मानव सेवा आश्रमहरुमा सहयोग गर्ने प्रचलन बढ्दै आईरहेको पाईन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button