
साना किसान कृषि सहकारी परासनको १४ औं बर्षिक साधारण सभा सम्पन्न
पुनर्वास–कंचनपुर पुनर्वास नगरपालिका –८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औं बर्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष धर्मकला पौडेलको सभाध्यक्षता तथा पुनर्वास नगरपालिका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यता रहनुभएको भएको थियो । भने कंचनपुर सहकारी बहुउद्देश्यीय संघ उपाध्यक्ष दान बहादुर रावल ,साना किसान त्रिभुवनबस्ती अध्यक्ष तथा संघकी सदस्य दिना निरौला,पुनर्वास नगरपालिका समिति समन्वय अध्यक्ष शकर बहादुर के.सि बिशिष्ट अतिथिमा हुनुहुन्थ्यो ।
त्यस्तै ,अतिथिहरुमा गौरा बचत तथा ऋण सहकारी सस्था अध्यक्ष राजेन्द्र प्रसाद अधिकारी साना किसन कृषि सहकारी सस्था कालिकाकी अध्यक्ष मिना बिष्ट ,प्रवन्धक चिरमाया तामाङ, साना किसान सहकारी कृषि सहकारी सस्था त्रिभुवनकी निमित्त प्रवन्धक लक्ष्मी खरेल, पृथ्वी बस्ती दुग्ध सहकारी सस्थाका अध्यक्ष दशरथ शर्मा लगायतको उपस्थिति रहेको थियोे ।
साधारण सभामा आर्थिक बर्ष २०८०÷०८१कुल २५करोड ७५लाख ४२हजार करोबारको बर्षिक आयव्यय प्रस्तुत
गरिएको थियो । सहकारीले आर्थिक बर्ष २०८१÷०८२ अषाढ मसान्त सम्म ५८ करोड ४० लाख ५ हजार रुपैयाको आर्थिक कारोबार देखाएको छ । जसमा ३ करोड ६४ लाख ९० हजार रुपैया खर्च देखाउदा सहकारीले १करोड २२लाख ५हजार खुद नाफा कमाएको प्रतिवेदन सस्थाकि अध्यक्ष धर्मकला पौडेलले जानकारी दिनुभयो । त्यसैगरी सहकारीले आर्थिक बर्ष २०८०–२०८१मा ६०वर्ष भन्दा माथिका शेयर सदस्यहरूलाई स+स्थाबाट तिर्थस्थलको भ्रमण गराउने र अन्तर समुह स्तरीय गोष्ठी अनिवार्य जिवन बिमा गरिने सहकारी अभिमुखिकरण खेति र पशु सरक्षण तथा पशु स्वास्थ तालीम गर्ने योजना बनाएको छ।
कार्यक्रम उत उधोगि ,व्यवासायि प्रतिव्यक्ति बचत शेयर सदस्य ६जनालाई पुरस्कार वितरण गरिएको थियोे । सधारणसभामा उत्कृष्ट व्यवासाय संचालन निसा बुम्जोन,राममाया तामाङ ,देबि तामाङ, टेकमाया तामाङ,देबिमाया भुजेल ,सरस्वती सुवेदि,धौलि बोहरा,पदमा खाति,कुशुमबिष्ट ,पर्वती देबि बोहरा ,कमला सिह ठकुरी ,गिता शर्मा ,सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मानित गरेको थियो ।
प्रमुख अतिथि कार्यक्रमको आसनबाट बोल्नुहुदै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा सहकारीको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दै सो सहकारि क्षेत्र भित्र पुनर्वासका किसानको जिवन स्तरमा निकै सुधार हुने आशा पलाएको बताए ।
बागिश्वोरि माध्यमिक बिधालयको खेल मैदानमा कार्यक्रममा शेयरसदस्यहरुको बाक्लो सहभागीता थियो भने कार्यक्रमको संचालन व्यवस्थापक अमृता गौतम सुवेदीले गर्नुभएको थियो ।