Above Article Ad
  • बेलौरी नगरपालिकाद्वारा विपन्न विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

    Above Article Content Ad
  • कञ्चनपुर, कञ्चनपुरको बेलौरीका विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिन लागिएको छ । स्थानीय बेलौरी नगरपालिका सरकारले विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिन लागिएको हो ।

    प्राविधिक शिक्षामा गरिब, विपन्न समुदायका विद्यार्थीको पहुँच बृद्धिका लागि तालिम संचालन गरिएको बेलौरी नगरपालिकाले जनाएको छ । शनिबारदेखि कम्प्युटर अपरेटर कोर्ष र बेसिक डिल्लोमा कोर्ष तालिम संचालन गरिएको हो ।

    Article inline ad #1
  • बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले तालिमको उद्घाटन गर्दै विपन्न समुदायका विद्यार्थीका लागि निःशुल्क तालिम संचालन गर्न लागिएको बताए ।

    Article inline ad #2

    मेयर चौधरीका अनुसार कमलहरी, शहिद तथा वेपत्ता परिवार,आरक्षपीडित, आदिवासी जनजाती, दलित गरिब, जेहेन्दार तथा अति विपन्न विद्यार्थीका लागि तालिम दुई कोर्षमा तालिम संचालन गरिएको बताए । मेयर चौधरीले तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक ज्ञानमा प्रंयोग गर्दै अघि बढ्नुपर्नेमा जोडदिए ।

    ५० विद्यार्थीलाई उक्त कम्प्युटर अपरेटर कोर्ष र बेसिक डिल्लोमा कोर्ष तालिम संचालन गरिएको मेयर चौधरीले बताए । यस अघि पनि बेलौरी नगरपालिकाले गरिब, विपन्न समुदायका विपन्न विद्यार्थीका लागि छात्रबृतिदेखिका सीपमुलक तालिम संचालन गर्दै आएको छ । उद्घाटन कार्यक्रममा बेलौरीका मेयर पोतिलाल चौधरी, ४ का वडाध्यक्ष अर्जुन ढकाल सहितका जनप्रतिनिधी, कर्मचारी, विद्यार्थीको सहभागिता रहेको थियो । निःशुल्क तालिम पाएपछि बेलौरीका विपन्न समुदायका विद्यार्थी हर्षित भएकाछन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by