क्रान्तिकारी महिला नेतृ सावित्री अधिकारीको पहलमा साउदीबाट राजु बि.कको शव १९ दिनमा आईपुग्यो नेपाल
Above Article Content Ad
काठमाडौं – वैदेशिक रोजगारीका लागि नौ महिना अघि साउदी अरेबिया पुगेका झापाको मेची नगरपालिका–९ का राजु बि.क.को मृत्यु भएको १९ दिनमा शव नेपाल पुगेको छ ।
साउदीको साउदी ईमोर कम्पनीमा काम गरिरहेका राजु फागुन १३ गते राती एक्कासी बिरामी हुँदा उनको उपचारमा कम्पनीले लापार्वाही गरेका कारण मृत्यु भएको परिवारको भनाई छ ।
राजुको मृत्युपछि शव नेपाल ल्याउन परिवारले निकै कठिनाई भोगीरहेका बेला माओवादी क्रान्तिकारीकी महिला नेतृ तथा प्रधानमन्त्री सचिवालय सदस्य सावित्री अधिकारीको पहलले ३ दिनमा शव नेपाल ल्याईएको छ । महिला नेतृ अधिकारी विभिन्न समस्यामा अल्झिएका नेपालीहरुका लागि एक सामाजिक अभियान्ताका रुपमा काम गर्दै परिचित छन् ।
उनले अहिले सम्म करिब ३ सय जना बढि शव र वैदेशिक रोजगारीमा समस्यामा परेका २ सय जनालाई उद्धार गरिएको बुझिएको छ । उनी यतिबेला कार्यक्रम विशेषले संयुक्त राज्य अमेरिकामा भएपनि उनको पहलका कारण मृतक राजुका परिवारलाई ठुलो सहयोग पुगेको छ । सो शव नेपाल ल्याउन कंचनपुर–काठमाडौं समन्वय समितिका अध्यक्ष शिशिर पि.के. र झमक बि.क.ले महिला नेतृ अधिकारीसँग समन्वय गरिरहेका थिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad