पपुलर स्कुलमा निशुल्क दात चेकजाँच तथा परामर्श शिविर सम्पन्न, तिन सय जनाले सेवा लिए ।
कञ्चनपुरको पुनर्वास ११ भिमबस्तीमा अवस्थीत पपुलर इङलिस बोडीङ्ग स्कुलले निशुल्क दात चेकजाँच तथा परामर्श शिविर सम्पन्न गरेको छ । बिद्यार्थीको दात सम्वन्धि देखीएको समस्या, त्यसले पारेको असर न्युनिकरणमा सहयोग पुग्ने उद्देश्यले निशुल्क शिबिर सञ्चालन गरीएको स्कुलका प्रिन्सिपल दिर्घराज ओझाले जानकारी दिनुभयो ।
शिबिरमा ओम श्रीनगर डेण्टल क्लिनीकका चिकित्सक सागर प्रसाद मैनालीले दातको स्वास्थ्यका विषयमा अझैपनी जनचेतनाको कमी देखीएको बताउनुभयो । दात दुखे मात्रै डेण्टल पुग्ने बानीले अजै धेरै समस्या निम्ताइ रहेको उहाँले बताउनुभयो । त्यसैले पनी समय समयमा दातको स्वास्थ्यमा ख्याल राख्न जरुरी रहेको उहाँको तर्क छ ।
यस्तै शिबिरमा दात चेकजाँचका लागी पुग्ने अभिभावकहरुले बिद्यालयले आयोजना गरेको शिविरले आफ्ना बच्चाहरुको दातको स्वास्थ्य अवस्था बारे जान्न पाएको बताएका छन् । दातको मात्रै नभइ आगामी दिनहरुमा विद्यार्थीहरुको स्वास्थ्यसंग सम्वन्धित अन्य शिविरहरु सञ्चालनका लागी समेत उनिहरुले आग्रह गरेका छन् । शिबिरमा २ सय ६० बिद्यार्थी र ४० जना अभिभाबकले दातको चेकजाँच गराउनु भएको थियो । जसमध्ये १ सय ६० जनामा दातका समस्या देखीएको छ । शिविरमा धनगढीमा रहेको ओम श्रीनगर डेण्टल क्लिनीकले चेकजाँचको ब्यस्था गरेको थियो ।