Above Article Ad
  • सातौं अरनीको सैनिक कप : विजेता आयोजक क्लब, उपविजेता बन्यो न्यु भानु युवा क्लब

    Above Article Content Ad
  • पुनर्वास । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं २ अरनिको खेलमैदानमा अरनीको युवा क्लबको आयोजनामा जारी सातौं संस्करणको ऐतिहासिक अरनीको सैनिक कप अन्तर्गत बिहिबार आयोजक अरनीको युवा क्लब र न्यु भानु युवा क्लब बीच फाइनल खेल सम्पन्न भएको छ ।

    उक्त खेलमा आयोजक अरनीको युवा क्लबले भानु युवा क्लबलाई ३-१ एक गोलन्तरको नतिजामा पराजित गर्दै लगातार दोस्रोपटक उपाधि रक्षा गर्न सफल भएको छ।

    Article inline ad #1
  • आफ्नो घरेलु मैदानमा लगातार दोस्रोपटक उपाधि रक्षा गर्ने क्रममा आयोजकका लागि खेलको १६ मिनेटमा श्याम बयाडी, ५२ मिनेटमा रोहित तामाङ साथै अतिरिक्त समय खेलको ६१ औ मिनेटमा विकास थापाले गोल गरेका थिए।

    Article inline ad #2

    उपविजेतामा सिमित भएको न्यु भानु युवा क्लबका लागि खेलको ५३ मिनेटमा अविनाश ऐदी सन्त्वना गोल फर्काएका थिए। तर बाँकी समय अन्य खेलाडीबाट गोल हुन नसक्दा भानु उपविजेतामा सीमित बनेको हो। उक्त फाइनल खेलको म्यान अफ दि म्याच आयोजकका विकास थापा बनेका हुन।

    प्रतियोगितामा सम्पूर्ण व्यक्तिगत विधातर्फ आयोजकको वर्चस्व कायम रह्यो जस अन्तर्गत प्रतियोगिताको अनुशासित खेलाडी निखिल दोङ तामाङ, सर्वाधिक गोलकर्ता श्याम बयाडी, उत्कृष्ट डिफेन्डर दिपेन सिंह ठकुरी, उत्कृष्ट गोल रक्षक दिनेश नेपाली साथै उक्त प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी र उदयीमान खेलाडी विकास थापा मगर बनेका हुन्।

    प्रतियोगितामा कञ्चनपुर जिल्लाका चिरपरिचित १५ टोलीहरूको सहभागिता रहेको थियो। उक्त प्रतियोगिताको विजेता बनेसँगै आयोजक अरनिको युवा क्लबले नगद रु. २,६१,००० रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सीमित बनेको न्यु भानु युवा क्लबले नगद रु.१,३०,००० हजार सहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by