Above Article Ad
  • पुर्वमन्त्री मगरद्वारा पुनर्वासमा सैनिक कप फुटबल प्रतियोगिताको उद्घाटन

    Above Article Content Ad
  • पुनर्वास नगरपालिका २ अरनिको खेल मैदानमा शुरु भएको उक्त छैटौँ अरनिको सैनिक फुटबल कपको पुर्व खानेपानीमन्त्री बिना मगरले प्रतियोगिताको उद्घाटन गरेकी छिन । प्रतियोगिता उद्घाटन गर्दै पुर्वमन्त्री मगरले प्रतियोगिताबाट खेलकुद क्षेत्रको बृद्धि विकास हुने बताईन ।

    माओवादी केन्द्रकी नेतृ समेत रहेकी पुर्वमन्त्री मगरले ग्रामिण भेगमा संचालन हुने प्रतिभा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म राज्यको समेत सहयोग आवश्यक हुने भन्दै आफुले समेत क्षेत्रको खेलकुद विकासका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

    Article inline ad #1
  • अरनिको युवा क्लबका अध्यक्ष जित बहादुर तामाङले ग्रामिण क्षेत्रको खेलकुद विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष तामाङ्गका अनुसार जिल्लाकै सर्वाधिक धनराशिको खुला फुटबल प्रतियोगिताको छैटौँ संस्करमा आईपुगेको बताए ।

    Article inline ad #2

    प्रतियोगिताको विजेता टिमले नगद २ लाख ६० हजार र उपविजेता टिमले १ लाख ३० हजार सहित मेडल, ट्रफी,प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता उत्कृष्ठ गोलरक्षक, रक्षक, फरवार्ड, फेयर प्लेयर र उदयमान खेलाडीलाई जनही ५ हजार सहित ट्रफी प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ठ एकजना खेलाडीलाई नगद १० हजार सहित मेडल,ट्रफी प्रदान गरिने छ ।

    प्रतियोगिताको मूख्य प्रायोजकमा प्रकाश दाहाल स्मृति प्रतिष्ठान रहेको छ । भने सह प्रायोजकको रुपमा काठमाडौंको विज्ञान एसआर म्यानेजमेन्ट प्रालि रहेको छ । नेपाली सेना र नेपाल प्रहरीको विभागिय टिम सहित १८ टिमविच प्रतिस्पर्धा हुनेछ । उद्घाटनका दिन भने आयोजक र पुनर्वास नगरपालिकाविच मैत्रीपुर्ण खेल भएको थियो । जसमा पुनर्वास नगरपालिका कर्मचारी टिमले २ गोल प्रहार गर्दै विजयी भएको हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by