Above Article Ad
  • कालिका लमजुङ मन्दिरको उद्घाटन

    Above Article Content Ad
  • पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-६ मा नव निर्मित कालिका लमजुङ मन्दिरको उद्घाटन भएको छ ।

    सोमबार घटस्थापनाको शुभ अवसरमा नव निर्मित कालिका लमजुङ मन्दिरको उद्घाटन गरिएको हो ।

    Article inline ad #1
  • मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार बस्नेतको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी राना, निवर्तमान नगर प्रमुख जिवनराज थापा, पुनर्वास नगरपालिका-६ का वडाध्यक्ष मित्रसिंह लामा बिशिष्ट अतिथीमा रहनुभएको थियो । भने अतिथीमा निवर्तमान वडाध्यक्ष मनबहादुर गुरुङ लगायतका विभिन्न बौद्धिक तथा सामाजिक व्यक्तित्वहरु आसिन हुनुहुन्थ्यो ।

    Article inline ad #2

    मन्दिर उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख शर्माले अबको पिढिमा आ-आफ्नो धर्मको रक्षाका लागि धार्मिक मठमन्दिर,गुम्बा र चर्चको निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

    उहाँले आफ्नो संस्कृतिको जगेर्नाका लागि गरिने कार्यमा नगरपालिकाबाट पनि सक्दो सहयोग गर्न आफु तयार रहेको समेत जानकारी दिनुभयो ।

    उक्त मन्दिर निर्माणका लागि पुनर्वास-६ निवासी खगराज बरालले १० धुर जमिन दान गर्नुभएको थियो । अबका पुस्ता सम्म हिन्दु धर्म र धार्मिक मठमन्दिरको रक्षाका लागि मन्दिर निर्माण गर्न जमिन दान गरिएको दानदाता बरालका नाती सरोज बरालबाट बुझिएको छ ।

    पुनर्वास नगरपालिकाको एक लाख र सुदुरपश्चिम प्रदेश सरकारको १० लाख लागतमा मन्दिर निर्माण गरिएको मन्दिर समितिका अध्यक्ष भरत कुमार बस्नेतले जानकारी दिनुभयो ।

    अध्यक्ष बस्नेतले हाम्रो देश धर्म निरपेक्ष हो, मन्दिरमा सबै जातजाति र धर्मका मान्छेले पुजापाठ गर्न सक्छन् ,कसैलाई प्रतिबन्ध हुँदैन । पार्टी पौवाको रुपमा मन्दिर निर्माण गरिएको बताउनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button