Above Article Ad
  • पुनर्वासमा सञ्चालित वडाध्यक्ष कप सम्पन्न,  झिलमिला युवा समाजले लियो उपाधी

    Above Article Content Ad
  • पुनर्वास : कञ्चनपुरको पुनर्वासमा सञ्चालित निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप सम्पन्न भएको छ ।

    Article inline ad #1
  • कार्तिक २३ देखि “खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ त्रिभुवन युवा क्लबले पुनर्वास नगरपालिका वडा नं. ६ द्वारा सञ्चालन भएको निर्वाचन क्षेत्र नं.१ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता २०८१ वडा अध्यक्ष कपको मंगलबार भएको फाईनल खेलमा उपाधी झिलमिला युवा क्लब बेलडाँडीले  उचालेको हो।

    Article inline ad #2

    फाइनलमा त्रिभुवन युवा क्लब पुनर्वास-६ र झिलमिला युवा क्लब बेलडाँडी वडा नम्बर -०५ बिच भएको रोमाञ्चक खेलमा झिलमिला युवा समाजले २-० गोलको अन्तरले त्रिभुवन युवा क्लब पुनर्वासलाई हराउदै उपाधी सुरक्षित गर्न सफल भएको  थियो ।

    प्रतियोगिताको विजेता टिम झिलमिला युवा समाजले १ लाख नगद पुरस्कार, प्रमाणपत्र मेडर ट्रफी हात पारेको छ भने त्रिभुवन युवा क्लब पुनर्वासले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार ट्रफी प्रमाणपत्र र मेडमा चित्त बुझाएको छ।

    फाइनलमा झिलमिला युवा समाजको तर्फबाट जर्सी नं. ११ का रुद्र बहादुर नेपालीले खेलको २० मिनेटमै पहिलो गोल गरेका थिए भने दोस्रो गोल जर्सी नं.७ का टिम कप्तान धिरेन्द्र बहादुर शाहले गरेका हुन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता झिलमिलाका टिम कप्तान धिरेन्द्र बहादुर शाही घोषित भए । उनले प्रतियोगिता अवधिमा ७ गोल गरेका छन्।

    पुनर्वास नगरपालिका वडा नम्बर ६ को बार्षिक कार्यतालिका अनुसार ३ लाख बजेटमा वडा कार्यालयको प्रवर्द्धन र त्रिभुवन युवा क्लबको आयोजनामा “जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता २०८१ वडा अध्यक्ष कपको आयोजना गरिएको हो।

    आगामी दिनहरुमा पनि क्लबले निरन्तर खेल आयोजना गर्ने त्रिभुवन युवा क्लबका अध्यक्ष जितबहादुर तामाङले जानकारी दिनुभयो ।

    कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका २२ टिमको सहभागिता रहेको सो प्रतियोगिताको समापन कार्यक्रममा जितबहादुर तामाङको सभाध्यक्ष तथा भुमि ,कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा प्रमुख अतिथिमा रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथीमा राष्ट्रिय सभा पुर्व सदस्य ईन्दु कडरिया,नगर उप प्रमुख भुलिया कुमारी राना, पुनर्वास-६ का वडाध्यक्ष मित्र सिंह लामा,सुदुरपश्चिम प्रदेश एन्फाका महासचिव काशीराम बोहरा,जिल्ला फुटबल संघ कंचनपुरका उपाध्यक्ष दाउत तामाङ हुनुहुन्थ्यो ।

    क्लबका उपाध्यक्ष कमल के.सीको स्वागत मन्तव्यसंगै सुरु भएको प्रतियोगिताको समापन समारोह कोषाध्यक्ष सन्त भट्टले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by